बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

विराटनगर महानगरको सभापतिमा चापागाईं निर्वाचित, ६ पालिकामा पनि नयाँ नेतृत्व

आइतबार, १७ असोज २०७८, ०७ : ३५
आइतबार, १७ असोज २०७८

काठमाडौं । नेपाली काँग्रेस विराटनगर महानगरपालिकाको नगर सभापतिमा दीपक चापागाईँ निर्वाचित भएका छन् । केन्द्रीय सदस्य शेखर कोइराला निकट चापागाईँले २१२ मत प्राप्त गरी महानगर सभापतिमा बाजी मारेका हुन् ।

सभापति शेरबहादुर देउवा निकट सन्तोष न्यौपानेले १६५ मत मात्रै प्राप्त गरेका थिए। संस्थापन इत्तर पक्षबाटै सभापति पदमा उठेका कृष्ण कार्कीले १३३ र अरुण न्यौपानेले १२७ मत ल्याएका थिए ।

महानगर समितिको उपसभापतिमा निरोज कोइराला र इन्दु सुवेदी निर्वाचित भएका छन्। सचिवमा झुमा निरौला र तेजिन्द्र भट्टराई, सहसचिवमा सचिन पोखरेल र दिवस नेपाल विजयी भएका छन्। 

मोरङमा शनिबार मतदान भएका १६ मध्ये ६ पालिका परिणाम शनिबार साँझ आइसकेको थियो । बेलबारी नगर सभापतिमा छत्र लिम्बु विजयी भएका छन् ।

यस्तै कानेपोखरी गाउँपालिका सभापतिमा योगेन्द्र दाहाल निर्वाचित भएका छन् भने कटहरी गाउँपालिका सभापतिमा रामकुमार कामत विजयी भएका छन् ।

मिक्लाजुङ गाउँपालिकामा बबी राई सभापतिमा निर्वाचित भएका छन् । धनपालथानमा सभापतिमा दीपकवीर पाण्डे विजयी भएका छन् ।​ सुनबर्सी नगरपालिका सभापतिमा कमलकिशोर सिंह निर्वाचित भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप