प्रिमियर लिग : चेल्सी विजयी, युनाइटेड र आर्सनल रोकियो

खेलको अन्त्यतिर दुई गोल गर्दै चेल्सीले १० खेलाडीमा सिमित साउथह्याम्पटनलाई पराजित गरेको छ । लगातार दुई हारको शृङ्खलामा पूर्णविराम लगाउँदै चेल्सी ३–१ गोलले विजयी भएको हो । जीतसँगै चेल्सी लिगको शीर्ष स्थानमा पनि उक्लिएको छ ।
शनिबार भएको खेलको शुरुवातमा नै ट्रेभो चालोबाको गोलको मद्दतले चेल्सीले खेलमा अग्रता लिएको थियो । तर दोस्रो हाफमा जेम्स वार्ड प्राउसले पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरे । तर, उनले जोर्गिन्होलाई फल हानेपछि साउथह्याम्पटन १० खेलाडीमा सिमित बन्यो ।
यसको फाइदा उठाउँदै ८४ औँ मिनेटमा टिमो वेर्नरले पुनः चेल्सीलाई अग्रता दिलाए भने ५ मिनेटपछि बेन चिल्वेलले अर्को गोल थप्दै चेल्सीको जीत सुनिश्चित गरे । ७ खेलपछि १६ अंकसहित चेल्सी लिगको शीर्ष स्थानमा उक्लिएको छ । साउथह्याम्पटन भने ४ अंकसहित लिगको १७ औँ स्थानमा रहेको छ ।
उता, म्यानचेस्टर युनाइटेड भने आफ्नै घरेलु मैदानमा एभर्टनसँग १–१ को बराबरीमा रोकिएको छ । खेलमा अग्रता भने युनाइटेडले लिएको थियो । ४३ औँ मिनेटमा एन्टोनी मार्सियालले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, ६५ ओँ मिनेटमा एन्ड्रोस टाउनसेन्डले गोल गर्दै राफा बेनिटेजको टोलीलाई अंक दिलाए ।
७ खेलबाट दुवै टोलीको समान १४ अंक रहेको छ । तर, गोल अन्त्यरको आधारमा युनाइटेड तेस्रो र एभर्टन चौथो स्थानमा रहेको छ ।
उता, आर्सनलले भने पाँचौ स्थानमा रहेको ब्राइटनसँग गोलरहित बराबरी खेलेको छ । बराबरीसँगै आर्सनल लिगको नवौँ स्थानमा उक्लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन
-
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
-
तीन वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण