बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मधेसी जनतामाथि अन्याय र विभेद कायमै छ : महन्थ ठाकुर

शनिबार, १६ असोज २०७८, २२ : ०४
शनिबार, १६ असोज २०७८

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले पटक-पटक सरकार फेरिए पनि मधेशी जनतामाथि अन्याय र विभेद कायमै रहेको बताएका छन् । अध्यक्ष ठाकुरले मुलुक संघीय संरचनामा गएर कयौं सरकार फेरिए पनि विभेद अन्त्य र अन्याय हुन नदिने प्रतिबद्धता कार्यान्वयन नभएको गुनासो गरे ।

शनिवार जिरोमाइल युवा कमिटीको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेशको माग सम्बोधन नभएसम्म लोसपाको संघर्ष जारी रहने बताए । अध्यक्ष ठाकुरले भने, ‘संविधानमा गरिएको विभेद अन्त्य नभएसम्म सडक र सदन दुवैबाट संघर्ष जारी रहन्छ ।’

मधेश आन्दोलनको क्रममा लगाइएका झुठा मुद्दा, नागरिकता विधेयक र अन्य कतिपय मुद्दा अदालतमा रहेकाले ती फिर्ता नभएसम्म संघर्ष जारी रहने ठाकुरले चेतावनी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप