गगनले प्रकाशमानलाई साथ दिँदापनि तारकेश्वरमा सिटौला समूह विजयी
काठमाडौंमा नेपाली काँग्रेसको नगर अधिवेशनको नतिजा आउने क्रम जारी छ । शनिबार अधिवेशन भएका ८ वटा नगरमा परिणाम आउन थालेको छ । शनिबार सम्पन्न अधिवेशनबाट तारकेश्वर नगरपालिकाको नगर सभापतिमा कृष्णहरि महर्जन निर्वाचित भएका छन् ।
सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला समूहका महर्जनले नेता प्रकाशमान सिंह र गगन थापा समूहका श्रीराम थापालाई पराजित गरेका हुन् । सिटौला समूह छोडेर गगनले प्रकाशमान सिंहलाई साथ दिएपनि श्रीराम थापा पराजित भएका छन् ।
सिटौला समूहका नेता भीमसेनदास प्रधानले देउवा समूहसँगको सहयोगमा सिंह र थापा समूहलाई पराजित गर्न सफल भएका छन् । तारकेश्वर नगरपालिकामा प्रधानको निर्वाचन क्षेत्र समेत पर्छ ।
महर्जनले १३५ मत प्राप्त गर्दा थापालाई ११४ मत पाएका छन् । उपसभापतिमा जमुना तिमिल्सिना र नवराज अर्याल विजयी भएका छन् । यस्तै सचिवमा राजु फुयाल, शंकर तिमिल्सिना र अप्सरा खड्का निर्वाचित भएका छन् भने सहसचिवमा सरस्वती पौडेलले बाजी मारेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झ्याप्ले दुर्घटनामा प्रहरीको लापरबाहीबारे छानबिन हुँदै
-
प्राकृतिक प्रकोपमा मृत्यु भएका ६ जना खेलाडीका परिवारलाई ८ लाखका दरले राहत दिने निर्णय
-
नेपाल प्रिमियर लिग क्रिकेट : सन्दीप जोरा लुम्बिनी र गुल्सन झा कर्णालीमा
-
नेपाल प्रिमियर लिग क्रिकेट : १० लाखमा कर्णाली याक्सले किन्यो देव खनाललाई
-
६ दिनमा हवाई मार्गबाट एक लाखभन्दा बढीले छाडे उपत्यका
-
एक्यापबाट ढुंगा निकासी गर्ने टिप्पर नियन्त्रणमा