शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

गगनले प्रकाशमानलाई साथ दिँदापनि तारकेश्वरमा सिटौला समूह विजयी

शनिबार, १६ असोज २०७८, २१ : ५२
शनिबार, १६ असोज २०७८

काठमाडौंमा नेपाली काँग्रेसको नगर अधिवेशनको नतिजा आउने क्रम जारी छ । शनिबार अधिवेशन भएका ८ वटा नगरमा परिणाम आउन थालेको छ । शनिबार सम्पन्न अधिवेशनबाट तारकेश्वर नगरपालिकाको नगर सभापतिमा  कृष्णहरि महर्जन निर्वाचित भएका छन् ।

सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला समूहका महर्जनले नेता प्रकाशमान सिंह र गगन थापा समूहका श्रीराम थापालाई पराजित गरेका हुन् । सिटौला समूह छोडेर गगनले प्रकाशमान सिंहलाई साथ दिएपनि श्रीराम थापा पराजित भएका छन् । 

सिटौला समूहका नेता भीमसेनदास प्रधानले देउवा समूहसँगको सहयोगमा सिंह र थापा समूहलाई पराजित गर्न सफल भएका छन् । तारकेश्वर नगरपालिकामा प्रधानको निर्वाचन क्षेत्र समेत पर्छ ।

महर्जनले १३५ मत प्राप्त गर्दा थापालाई ११४ मत पाएका छन् । उपसभापतिमा जमुना तिमिल्सिना र नवराज अर्याल विजयी भएका छन् ।  यस्तै सचिवमा राजु फुयाल, शंकर तिमिल्सिना र अप्सरा खड्का निर्वाचित भएका छन् भने सहसचिवमा सरस्वती पौडेलले बाजी मारेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप