चार करोडको आईपीओ अनुमति माग्दै धितोपत्र बोर्ड पुग्यो सीवाईसी लघुवित्त
शनिबार, १६ असोज २०७८, २० : ३५
साधारण सेयर (आईपीओ) अनुमति माग्दै सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ बिक्री खुला गर्न अनुमति मागेको हो ।
धितोपत्र बोर्डबाट अनुमति पाएपछि लघुवित्तले चार करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने छ । कम्पनीले बोर्डसँग ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ बिक्रीको अनुमति मागेको छ ।
बाग्लुङ जिल्लाको सदरमुकाममा केन्द्रीय कार्यालय रहेको कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल नियुक्त भएको छ । हाल लघुवित्तको चुक्ता पुँजी १२ करोड १६ लाख रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोकिएका परियोजनालाई गति दिन कांग्रेसले दियो मन्त्रीहरूलाई निर्देशन
-
न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको संसदीय सुनुवाइ प्रक्रिया सुरु
-
एमालेसँग सहमतिअनुसार काम गर्न मन्त्रीहरुलाई देउवाको निर्देशन
-
‘गैरआवासीय नेपालीले राजनीतिक बाहेक सबै अधिकार पाउने सुनिश्चित हुनुपर्छ’
-
डा.शेखरले बेलायतमा उठाए भूपू गोर्खा सैनिकका समस्या
-
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लेखक