बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारलाई पूर्णता दिन नसक्ने गठबन्धन चुनावसम्म टिक्नेमा निधिको आशङ्का

शनिबार, १६ असोज २०७८, १८ : ३४
शनिबार, १६ असोज २०७८

सत्तारुढ दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले अझै पूर्णता नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् उपसभापति निधिले छिटोभन्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिन पनि प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका नेताहरूसँग माग गरेका हुन् ।

गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसर पारेर शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ८१ दिन बित्दासमेत सरकारले पूर्णता नपाएकोमा दुःखसमेत व्यक्त गरे । उपसभापति निधिले भने, ‘मन्त्रीमण्डलले अझै पूर्णता नपाउनू भनेको सारै चिन्ता र दुःखको विषय हो । नेपाली काँग्रेसको लागि पनि र गठबन्धन दलहरूको लागि पनि । यो नेपाली काँग्रेस र सरकारमा सहभागी दलहरूको लागि मात्रै होइन पुरै नेपालको लागि यो चिन्ता र दुःखको विषय हो कि आजको मितिसम्म पनि सरकारले पूर्णता पाउन नसक्नू । त्यस कारणले अब नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र गठबन्धन दलका सबै दलका नेता र पदाधिकारीहरूसँग म के अनुरोध गर्न चाहन्छु भने अव धेरै ढिला भयो । । अब धेरै पर्खन सकिँदैन ।’

उपसभापति निधिले सरकारले पूर्णता पाउन अझै नसकेबाट सत्तारुढ गठबन्धन चुनावसँग मिलेर अघि बढ्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठेको टिप्पणी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप