शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नागरिक लगानी कोषको नवनिर्मित भवन हस्तान्तरण

शनिबार, १६ असोज २०७८, १८ : २०
शनिबार, १६ असोज २०७८

नागरिक लगानी कोषको नवनिर्मित भवन नेपाल सरकार, सहरी विकास तथा भवन निर्माण विभागले हस्तान्तरण गरेको छ । कोषको २९ औ वार्षिकोत्सवको अवसरमा २०७५ चैत ४ गते अन्तर्राष्ट्रिय सभा केन्द्रको पूर्व पट्टी रहेको कोषको ६ रोपनी जमिनमा सो भवनको तत्कालीन अर्थमन्त्री डा.युवराज खतिवडाले शिलान्यास गरेका थिए । 

लगानी कोष र सहरी विकास तथा भवन निर्माण विभागबीच भएको सम्झौता अनुसार कोषको करिब ९० करोड रुपैयाँ लगानीमा सहरी विकास तथा भवन निर्माण विभागले बोलपत्र प्रक्रियाबाट शर्मा रोशन जे.भी लाई निर्माण गर्न ठेक्का दिएको थियो । शर्मा रोशन कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले भवन विभागका महानिर्देशक नवराज प्याकुरेललाई र महानिर्देशक प्याकुरेलले कोषका कार्यकारी निर्देशक रमण नेपाललाई नवनिर्मित भवन हस्तान्तरण गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप