गान्धी दिवसका अवसरमा रक्तदान
१५२ औं गान्धी जयन्तीको अवसरमा नेशनल हस्पिटल तथा क्यान्सर रिसर्च सेन्टरले काठमाडौंस्थित अग्रवाल भवनमा ‘स्तन तथा पाठेघर क्यान्सर जाँच एवम् जनचेतना कार्यक्रम’ आयोजना गरेको छ । भारतीय दूतावासको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । दूतावासकै सहयोगमा भारतीय नागरिक संघ नेपालले अग्रवाल भवनमै रक्तदान शिविर आयोजना गरेको छ ।
त्यसैगरी नेपाल आर्ट काउन्सिलमा ‘असल जगतका लागि महात्मा गान्धीको सिद्धान्त’ विषयक कला प्रदर्शनी पनि आयोजना भएको छ । भारत–नेपाल फाउन्डेसनको सहयोगमा शिभाता लभ फाउन्डेसनले गरेको प्रदर्शनीको उद्घाटन नेपालका लागि कार्यवाहक भारतीय राजदूत नामग्य खम्पाले गरे । प्रदर्शनी २२ असोजसम्म जारी रहनेछ ।
त्यसैगरी,नेपाल–भारत पुस्तकालयमा अन्तक्रिया कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा महात्मा गान्धीको जीवन एवम् सिद्धान्तमा आधारित चलचित्र पनि प्रदर्शन गरिएको थियो ।