चुरे गाउँपालिकाका पहिरो पीडितको बिचल्ली

कैलालीको चुरे गाउँपालिकाका पहिरो पीडित परिवार अझै बिचल्लीको अवस्थामा छन् । दुई वर्षअघि गएको पहिरो पीडित अहिलेसम्म पनि जंगलमै बसिरहेका छन् । पहिरोबाट प्रभावित नागरिकहरुले सरकारले सुरक्षित स्थानको व्यवस्था गर्नुपर्ने माग गरेका छन ।
वैज्ञानिक मापदण्ड विपरित वर्षेनि सडक खनिन थालेपछि कैलालीको चुरे गाउँपालिकाका विभिन्न वडामा पहिरोको जोखिम बढिरहेको छ । पहिरोका कारणले गाउँ नै विस्थापित भइरहेका छन् । चुरे गाउँपालिकाको गोपाले, काफलगैरा, माल, निगलाडी, पट्रेनी, गुणी लगायतका गाउँमा पहिरोका कारण गाउँ नै विस्थापित हुन थालेका हुन् ।
चुरेका बिभिन्न बस्तीमा पहिरो जान थालेपछि त्यहाँका स्थानीय घर छोडेर जंगल तथा सुरक्षित स्थानमा जान थालेका छन् । अहिले सबै विस्थापित घर बिहिन बन्दै गएका छन् । गाउँमा बस्न सक्ने अवस्था नभएपछि केहि सडकमै बसिरहेका छन् । पहिरो प्रभावित परिवारहरुलाई अहिले दैनिक छाक टार्न पनि समस्या भएको छ । यता सरकारले विस्थापितहरुको बारेमा केही नगरेको स्थानीयले आरोप लगाएका छन् ।
गत वर्ष आएको पहिरोका कारण पट्रेनी, गुणीका ३ सय परीवार विस्थापित भएका छन । यस्तै भदौ ९ र १० गतेको भारी वर्षाका कारण चुरे गाउँपालिका वडा नम्बर ५ का गोपाले, काफलगैरा, माल, निङ्गलाडीका बस्तीहरु नराम्ररी प्रभावित भएको छ । घर, गोठ जमिन चर्किनुका साथै सो बस्ती पहिरोको उच्च जोखिममा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार विभागका महानिर्देशकलाई गणतान्त्रिक मञ्चको ध्यानाकर्षण
-
प्रधानमन्त्री ओलीसँग भारतीय राजदूतको भेट, के भयो कुराकानी ?
-
चौसट्ठी वर्षमा पनि जाँगरिला ‘युक्ति’
-
गभर्नर नियुक्तिबारे प्रभु साहले उठाए प्रश्न
-
भारत–पाकिस्तान तनाव : मध्यपूर्वबाट नेपाल आउने जहाजको रुट लम्बियो, भाडा बढ्नसक्ने
-
महाकाली सिँचाइ तेस्रो चरणले गति लिँदै