मुस्ताङ काँग्रेसको सभापतिमा रोमी गौचन

मुस्ताङ काँग्रेसको सभापतिमा रोमी गौचन थकाली सर्वसम्मत निर्वाचित भएका छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पालिका र क्षेत्रहरुमा निर्वाचन चलिरहेको बेला मुस्ताङमा पहिलो चरणमै काँग्रेसमा जिल्ला सभापतिमा पूर्वमन्त्री समेत रहेका रोमी गौचन थकाली निर्विरोध निर्वाचित भएका हुन् ।
मुस्ताङको थासाङ गाउँपालिका—३ लेते कालोपानीमा ५ वटै स्थानीय तहमा चुनिएका क्षेत्रीय प्रतिनिधि र क्रियाशील सदस्यको उपस्थितिमा भएको जिल्ला अधिवेशनले सभापतिमा थकालीसहित २३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
निर्वाचन अधिकृतको जिम्मेवारी पाएका नेपाल शिक्षक संघ मुस्ताङका अध्यक्ष अनन्त आचार्यले सर्वसम्वत रुपमा रोमी गौचनको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको जानकारी दिए । उनका अनुसार उपसभापतिमा विजय हिराचन, महिला उपसभापतिमा ढोका गुरुङ, सचिवमा विकल शेरचन,छेवाङ नर्वु गुरुङ, सहसचिव नम्डुल गुरुङ, सोमल हिराचन र कोषाध्यक्षमा गणेश शेरचन निर्वाचित भएका हुन् ।
अधिवेशनले १५ जना कार्यसमिति सदस्य समेत निर्विरोध निर्वाचित गरेको छ । मुस्ताङका पाँचवटै पालिकामा यहि असोज ९ मा भएको पालिकास्तरीय निर्वाचनमा सभापति, उपसभापति, सचिव, सहसचिव र कोषाध्यक्षसहित १ सय ५८ जना कार्यसमिति निर्विरोध निर्वाचित भएका थिए ।
सर्वसम्मत निर्वाचित अध्यक्ष थकालीले मुस्ताङका पालिका र जिल्लामा निर्विरोध निर्वाचन सम्पन्न भएको बताए । ‘हामीले मुस्ताङमा विना गुट सर्व सम्वतरुपमा नेतृत्व चयन गरेर काँग्रेस पार्टीमा एकताको सन्देश दिएका छौं,’ उनले भने, ‘काँग्रेसको चारतारे झण्डा र रुख चिन्ह बाहेक हामीले अन्य गुट,उपगुट चिनेका छैनौं ।’
अध्यक्ष थकालीले आगामी काँग्रेसको केन्द्रीय अधिवेशनमा कुनै न कुनै पदमा उम्मेदवारी दिने बताए । ‘मुस्ताङ काँग्रेसमा विना गुट स्थानीय निकायका सम्पूर्ण पदाधिकारी र जिल्लाको नेतृत्व निर्विरोध गराएर पार्टीमा एकताका सन्देश दिएका छौं’ उनले भने, ‘त्यसैगरी केन्द्रमा पनि पार्टीको एकताका लागि कुनै न कुनै पदमा मेरो उम्मेदवारी रहन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल
-
विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा
-
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो ११९ रनको लक्ष्य
-
कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनसँगै सर्वसाधारण लाभान्वित (तस्बिरहरु)