सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

एक वर्षमा कच्चा तेलको मूल्य ५६ प्रतिशत बढ्यो

शनिबार, १६ असोज २०७८, १३ : ५१
शनिबार, १६ असोज २०७८

एक वर्षको अवधिमा विश्वमा कच्चा पेट्रोलियम तेलको मूल्य ५६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैङ्कले दिएको गत वर्ष २०७७ साउनको तुलनामा यो वर्षको साउन महिनासम्मको अवधिमा उक्त मूल्य बढेको बताएको छ ।

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क सार्वजनिक गर्दै राष्ट्र बैङ्कले यस्तो बताएको हो । गत वर्षको साउनमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ४४.८६ डलर थियो । जुन, २०७८ को साउन महिनासम्ममा आइपुग्दा ५६.२ प्रतिशतले बढेर ७०.०७ डलर पुगेको छ ।

यो अवधिमा सुनको मूल्यमा भने गिरावट आएको छ । २०७७ सालको साउन महिनामा प्रति आउन्स १९४४ डलर रहेको सुनको मूल्य यो वर्षको साउनसम्म आइपुग्दा ८ प्रतिशतले घटेर १७८६ डलर आइपुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप