प्रकाशमानको प्रश्न : म गणेशमानको छोरा भएर सभापति बन्न नपाउने हो ?

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले १४ औं महाधिवेशनबाट आफूलाई सभापति जिताउन आग्रह गरेका छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरको अधिवेशन उद्घाटन गर्दै उनले सो आग्रह गरेका हुन् । नेता सिंहले उपत्यकावासीले बाहिरबाट आएका नेताहरुलाई मात्र अघि बढाएको भन्दै दुःखेसो पोखे । उनले उपत्यकाले आफ्नो नेतालाई सँधै सानो देख्ने र बाहिरबाट आएको नेतालाई अघि बढाउँदा आफूहरु पछि परेको बताए ।
‘उपत्यकाको समस्या भनेको आफ्नो ठाउँमा जन्मेको हुर्केको नेतालाई साना देख्ने बाहिरबाट आएको एउटा नेतालाई ठूलो देख्ने प्रवृत्ति भयो । अरुको झोला उपत्यकावासीले कहिलेसम्म बोक्ने ?’ उनको प्रश्न छ, ‘गणेशमानको छोरा भएर म सभापति बन्न नपाउने हो ?’ उनले १४ औं महाधिवेशनबाट पार्टीलाई जिवन्त राख्न र काँग्रेसलाई सक्षम बनाउनका लागि आफु ‘फस्ट म्यान’ बन्न अघि बढेको बताए । ‘काठमाडौमा जन्मिएको भन्दैमा, गणेशमान र मंगलादेवीको छोरा भन्दैमा म सभापति बन्नबाट अयोग्य हुने हो,’ उनले थप भने, ‘अरुको छोराहरूले त अवसर पाएका छन् त !’
उनले काम गर्न नसक्नेहरुको गुणगान नगाउन कार्यकर्ताहरूलाई आग्रह समेत गरे । वर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले विश्राम लिनुपर्ने उनको भनाई थियो । ‘१३ औं महाधिवेशन पश्चात् उहाँहरुले अवसर त पाएकै हो नि, तर क्रियाशील मिलाउन नसकेर समय सकिँदा पनि अधिवेशन गर्न सकेको छैन’ उनले भने, ‘अनि किन गुणगान गाउने ?’
नेता सिंहले जनतासँग विश्वासको मत लिन जाने हो भने जनताले नेतृत्व परिवर्तन गरेर आउ भन्ने अवस्था आएको बताए । २०७४ सालको निर्वाचनमा काँग्रेस नराम्ररी पराजित भएसँगै सभापति देउवा असफल नेता भएको र आफुले उनको राजीनामा मागेको बताए ।
सभापति देउवाले आफ्नै गृह जिल्ला डडेल्धुरामा जिल्ला सभापतिलाई बाइपास गरेर शक्ति प्रदर्शन गरेको समेत सिंहको आरोप थियो । सभापति देउवाले नेपाली काँग्रेसको आन्तरिक लोकतन्त्र नै कमजोर बनाएको आरोप सिंहले लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि अनलाइन मार्फत ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट प्रदान गरिँदै
-
धोनीको नामसँग जोडियो यो गजबको कीर्तिमान ! जितको श्रेय नुर अहमदलाई
-
सरकारी योजना बिक्रीबारे प्रदेश सभामा उठेको विषयले मधेस तरङ्गित
-
आन्दोलनरत शिक्षक अगुवाहरूसँग कांग्रेस महामन्त्रीद्वयको छलफल
-
‘सांसदहरूले कमिसनमा आफ्नो योजना बेचेका छन् भन्ने सुनेको छु’
-
‘सरकारले आफ्नो गल्ती ढाकाछोप गर्न सांसदमाथि आरोप लगाएको छ’