मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

नेपालसँग सिधा हवाई उडानमा बंगलादेशी राजदूतको चासो

शनिबार, १६ असोज २०७८, १२ : १४
शनिबार, १६ असोज २०७८

नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले नेपाल र बंगलादेशबीच सिधा हवाई उडानमा चासो देखाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासँगको भेटमा उनले यस्तो चासो देखाएका हुन् ।

नेपालबाट २७ किलोमिटर टाढा रहेको बंगलादेश र नेपालबीच सिधा हवाई उडानको सम्भावना रहेको राजदूत चौधरीले बताए । उनले विराटनगर विमानस्थलबाट नेपाल–बंगलादेशीबच हवाई उडानको सम्भावना रहेको बताएका हुन् ।
दुई देशबीच सिधा हवाई सुरु भएमा दिपक्षीय व्यापार वृद्धि हुने समेत उनको भनाई थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप