शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा शान्ति समाजले मनायो अहिंसा दिवस

शनिबार, १६ असोज २०७८, १२ : १०
शनिबार, १६ असोज २०७८

मानव अधिकार तथा शान्ति समाजले बुटवलमा अहिंसा दिवस मनाएको छ । समाजको रुपन्देही शाखाको आयोजनामा बुटवलस्थित चौराहामा अहिंसा दिवस मनाइएको हो । महात्मा गान्धीको जन्मदिनको अवसरमा अक्टोबर २ तारिखमा अहिंसा दिवस मनाउने गरिन्छ ।

समाजका केन्द्रीय सभापति गोविन्द खनालले शान्तिनै समाज, मुलुक र विश्वको विकास र समृद्धिको आधार भएको बताउँदै हिंसालाई निर्मूल गरी दिगो शान्तिका लागि सबैको ऐक्यबद्धता र प्रयास हुनुपर्ने बताए ।  समाजका रुपन्देही अध्यक्ष डिपी खनालले शान्ति स्थापनाका लागि विशेषगरी युवाहरुको भूमिका रहने बताउँदै सम्पूर्ण राजनीतिक दल र सरोकारवालालाई पनि हिंसारहित समाज र राष्ट्र निर्माणमा लाग्न आग्रह गरे ।

‘अहिंसा पवित्र एवम् गौरवमय मार्ग’ भन्ने नाराका साथ शान्तिपूर्ण प्रदर्शन गरिएको समाजका अध्यक्ष डिपी खनालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप