तौल घटाउनदेखि मधुमेह नियन्त्रण गर्न शाकाहारी खाना, अन्य ६ फाइदा
![तौल घटाउनदेखि मधुमेह नियन्त्रण गर्न शाकाहारी खाना, अन्य ६ फाइदा](https://rpcdn.ratopati.com/media/albums/shaakaahaari-khana_duY1SKnGAa.jpg)
शाकाहारी खाना तौल घटाउन मात्र नभई वैज्ञानिक हिसाबले पनि फाइदाजनक मानिन्छ । विभिन्न अध्ययन र अनुसन्धानमा शाकाहारी खानाले शरीरलाई फाइदा गर्छ ।
पोषक तत्व
शाकाहारी खानामा फाइबर र एन्टिअक्सिडेन्ट हुन्छ । यसमा पोटाशियम, म्याग्नेशियम, फोलेट, आइरन र भिटामिन ए, सी र ई जस्ता पोषक तत्वहरु हुन्छन् । अध्ययनमा शरीरमा आवश्यक पर्ने सबै प्रकारका पोषक तत्वहरु शाकाहारी खानामा पाइने पत्ता लागेको छ । त्यसैले खानामा सागसब्जी र फोर्टिफाइड खाना समावेश गर्नुपर्छ ।
तौल घटाउन
तौल घटाउनका लागि धेरै व्यक्तिहरु शाकाहारी बन्न थालेका छन् । एक अध्ययनका अनुसार शाकाहारी खाना खाँदा मांसाहारी खाना खानुभन्दा छिटो तौल कम हुन्छ । शाकाहारी खानामा क्यालोरीको सेवन कम हुने भएकाले सजिल्यै तौल कम हुन्छ ।
रगतमा चिनीको मात्रा कम गर्न
शाकाहारी खाना खाँदा सबैभन्दा फाइदा मधुमेहका रोगीलाई हुन्छ । शाकाहारी खानामा रगतमा चिनीको मात्रा कम गर्ने तत्व हुन्छ । यसले मिर्गौलाको कार्य पनि सुधार गर्छ । अनुसन्धानका अनुसार सागपातमा हुने प्रोटिनले मिर्गौलाका रोगहरु लाग्ने खतरा कम गर्छ ।
क्यान्सर
शाकाहारी खानामा क्यान्सर कम गर्ने तत्व हुन्छ । जो नियमित रुपमा फलफूलको सेवन गर्छ उक्त व्यक्तिलाई क्यान्सरको सम्भावना ९ देखि १८ प्रतिशत कम हुन्छ । एक अनुसन्धानका अनुसार हरेक दिन ७ ताजा फलफूल खाँदा क्यान्सरबाट मृत्यु हुने सम्भावना १५ प्रतिशतसम्म कम हुन्छ । शाकाहारी खानामा पाइने सोया प्रोडक्ट अधिक मात्रामा हुन्छ । जसले स्तन क्यान्सरबाट सुरक्षित राख्छ ।
मुटु रोग
ताजा फलफूल, सागसब्जी र फाइबर खान गर्दा हृदयरोगको खतरा कम हुन्छ । शाकाहारी खाना योजनावद्ध तरिकाले खाने गर्दा शरीरमा सही खाना पुग्छ । अध्ययनका अनुसार शाकाहारी खानाले उच्च रक्तचापको खतरा ७५ प्रतिशत कम हुन्छ । भने मुटुरोग लाग्ने सम्भावना ४२ प्रतिशत कम हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, तराई र उपत्यकामा हुस्सु, गण्डकीमा हिमपातको सम्भावना
-
तीन महिनामा प्राधिकरणको नाफा नौ अर्ब ११ करोड ३२ लाख
-
‘एलिमिनेटर’ मा भिड्दै चितवन राइनोज र कर्णाली याक्स
-
कोपा इटालिया : युभेन्ट्सको फराकिलो जित, क्वार्टरफाइनल भिडन्त एम्पोलीसँग
-
आज नारायणको बार, कुन राशिलाई कस्तो लाभ ? हेरौँ राशिफल