शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कस्तो रहनेछ आजको मौसम ?

शनिबार, १६ असोज २०७८, ०७ : ०४
शनिबार, १६ असोज २०७८

अहिले भारतको दक्षिण बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदलीको रहेको छ।  बागमती, गण्डकी, प्रदेश नं २ र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। शनिबार देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश २ का धेरै र अरू प्रदेशका थोरै स्थानहरूमा  मेघ गर्जन/ चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

आइतबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ तथा प्रदेश नं २ का धेरै स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थानमा भारी वर्षाको सम्भावना छ भने प्रदेश नं २ का एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । सोमबार भने देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप