प्रदेश सरकार उद्योग मैत्री नीति निर्माण गर्दैछ : मुख्यमन्त्री केसी
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ले लुम्बिनी प्रदेश र प्रदेशवासीको जीवनलाई समृद्धि बनाउनको लागि उद्योग क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् । उनले प्रदेश सरकारले उद्योग मैत्री नीति निर्माण गरी प्रदेश समृद्धिको यात्रालाई अगाडि बढाउने बताए ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खानी र सिमेन्ट उद्योग सञ्चालकका बीचमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारसँग हातेमालो गरी समृद्धि प्रदेश निर्माणका लागि दत्त चित्त भएर लाग्नका लागि अनुरोध गरे । उनले खानी एक स्थानमा र उद्योग अर्को स्थानमा भएकाले गर्दा लागत रकम धेरै लागेको हुने भएकाले गर्दा त्यसलाई सकेसम्म न्यूनीकरण गर्नुपर्ने र वातावरणीय क्षतिलाई पनि ध्यान दिनुपर्ने बताए ।
मुख्यमन्त्री केसीले आर्थिक वर्षमा उद्योग तथा आपूर्ति मन्त्रालयबाट ५ अरब राजश्व जसरी भए पनि सङ्कलन गर्नुपर्ने बताउँदै त्यसका लागि उद्योगमैत्री ऐन निर्माण गर्न सकिने बताए । उद्योगहरू मर्ज गरी एकीकृत योजना बनाएर अगाडि बढ्नु पर्ने बताउँदै साना उद्योगभन्दा पनि ठुला उद्योग सञ्चालन गर्नुपर्ने अहिलेको माग रहेको बताए ।
यस्तै कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले प्रदेशको विकास समृद्धिका लागि अगाडि बढ्नका लागि सबैलाई अनुरोध गरे । उनले संविधानको परिपालन गरी अगाडि बढाउन प्रदेश सरकार तयार रहेको बताए । यस्तै कार्यक्रममा प्रदेश प्रमुख सचिव डिल्लीराम शर्माले उद्योगहरूलाई लगानीको वातावरण प्रदेश सरकारबाट गरिने त्यसका लागि प्रदेशका सरकारको तर्फबाट सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा आर्सनललाई घाटा
-
ला लिगामा शीर्ष क्लब एटलेटिको मड्रिडलाई झट्का
-
प्रिमियर लिगमा लिभरपुललाई थप सफलता, नुनेजले ३ मिनेटमा गरे दुई गोल
-
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
-
अपाङ्ग संघले मनायो स्थापना दिवस
-
१२ बजे, १२ समाचार : कोशीका पूर्व मुख्यमन्त्री थापामाथि हातपातदेखि देउवा र ओलीबिच ‘डीप लभ’सम्म