बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपा तनहुँको अध्यक्षमा विनोद निर्वाचित

शनिबार, १६ असोज २०७८, ०६ : ५०
शनिबार, १६ असोज २०७८

राप्रपा नेपाल तनहुँको अध्यक्षमा पुनः विनोद घर्ती निर्वाचित भएका छन् । आज भएको मतदानबाट अत्याधिक मत प्राप्त गरी घर्ती राप्रपाको जिल्ला अध्यक्षमा निर्वाचित निर्वाचित भएका हुन् ।

नेतृत्व चयनका लागि सर्वसम्मत नभएपछि मतदान गरिएको थियो । घर्तीले १२७ मत प्राप्त गरेका छन् भने प्रत्यासी सीता थापाले ६९ मत प्राप्त गरेका छन् ।

राप्रपाको जिल्ला अधिवेशन भदौ ३० गते उद्घाटन भएको थियो । अध्यक्षमा सहमति हुन नसकेपछि अधिवेशन स्थगित भएको थियो । 

सदस्यहरू यसअघि नै सर्वसम्मत चयन भइसकेका छन् । उपाध्यक्ष, सचिव लगायतका पदाधिकारी भने अध्यक्षले मनोनित गर्ने व्यवस्था छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप