मुख्यमन्त्रीको कार्यालयमा अख्तियारको छापाबारे जसपा नेपालको आपत्ति

जनता समाजवादी पार्टी नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारिएको विरोधमा प्रदर्शन गर्ने भएको छ । सो पार्टीको मधेस प्रदेश समितिले शुक्रबार विज्ञप्ति जारी गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको हो ।
जसपा नेपालले शनिबार प्रदेश २ का जिल्ला सदरमुकामहरूमा मसाल जुलुस निकाल्ने भएको छ भने आइतबार जिल्ला सदरमुकामहरूमा वृहत् विरोध प्रदर्शन गर्ने सो विज्ञप्तिमा जनाइएको छ । जसपाले प्रदेश २ का जनताबाट निर्वाचित मुख्यमन्त्रीको कार्यालयमा ‘बेटी बचाउ, बेटी पढाउ’ जस्तो जनलोकप्रिय कार्यक्रमलाई बदनाम गराउन छापामार शैलीमा छिरेर सरकार प्रमुखको शक्ति तथा गरिमा नै आघात पुर्याउने काम भएको भन्दै सो कार्य अत्यन्त आपत्तिजनक र दुरासयपूर्ण रहेको जनाएको छ ।
‘जसपा नेपाल सधैँ अनियमितता, भ्रष्टाचार, कमिसनतन्त्र, माफियावाद र लुटतन्त्रको विरुद्ध सुशासन र सदाचारको पक्षमा रहेको सर्वविदितै छ,’ मधेस प्रदेश समितिका मुख्य सचिव शम्भु झाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘राज्यको सम्पूर्ण तह र निकायहरुमा हुने गरेका अनियमितता र भ्रष्टाचारलाई नियन्त्रण गरिनुपर्दछ ।’
अख्तियारको सो कदमले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई धरापमा पार्ने, प्रदेश सरकारमा नैराश्यता र हिनताबोध हुने, राष्ट्र निर्माणका लागि गरिने लोककल्याणकरी कार्यक्रममा प्रतिकुल असर पर्ने भन्दै जसपा नेपालको मधेस प्रदेश समितिले यस्ता कार्य र कार्यशैलीप्रति घोर विरोध र भर्त्सना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीको विरोध गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको ताकेता
-
सेन्सर पास भएसँगै ‘सक्किगोनि टीम’को ‘लाज शरणम्’ बुधबार नै रिलिज हुने
-
कास्कीमा भरुवा बन्दुकसहित एक जना पक्राउ
-
माधव नेपाल र आरती लामाबिच बैठकमा भएको के हो ?
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
अवैध सालको काठसहित दुई जना पक्राउ