शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

भक्तपुरमा ७० जनाको उम्मेदवारी दर्ता जसमध्ये १८ स्वतन्त्र

शुक्रबार, १७ कात्तिक २०७४, ११ : ५२
शुक्रबार, १७ कात्तिक २०७४

 

भक्तपुर । आगामी मंसिर २१ गते सम्पन्न हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि भक्तपुरमा ७० जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा १८ जना उम्मेदवार भने स्वतन्त्र रुपमा दर्ता भएको देखिन्छ । 

भक्तपुर क्षेत्र नम्बर १ मा १२ जनाले उम्मेदवारी दर्ता गराएकोमा ९ जना राजनीतिक दलका र ३ जना स्वतन्त्र उम्मेदवार रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । 

जसमा बाम गठबन्धनका तर्फबाट बाम गठबन्धनबाट नेकपा माओवादीका मिलन सुवाल, नेपाली कांग्रेसबाट बाबुराजा जोशी, नेमकिपाका प्रेम सुवाल लगायतका उम्मेदवारी परेको छ ।

सोही निर्वाचन क्षेत्रको प्रदेश सभा १ चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाको १० नम्बर वडा पर्दछ उक्त क्षेत्रमा १२ जनाले उम्मेवारी दिएका छन् । जसमा ४ जना स्वतन्त्र समेत रहेका छन् । 

नेकपा एमालेका हरिशरण लामिछाने, माओवादी केन्द्रका डिपी ढकाल, नेपाली कांग्रेसका जीवन खत्री, नेमकिपाका निरज लवजु लगायतका रहेका छन् । 

सोही निर्वाचन क्षेत्रको प्रदेश सभा–१ भक्तपुर नगरपालिका ९ वडासम्म पर्दछ उक्त  क्षेत्रमा १० जनाको उम्मेदवारी रहेको छ । ३ जनाले यहाँ स्वतन्त्र उम्मेवारी दिएका छन् । 

यो क्षेत्रमा बाम गठबन्धनका तर्फबाट रोमन शिलाकार, कांग्रेसका अनिल भुजु, नेमकिपाका सुरेन्द्रराज गोसाई, राप्रपाका विष्णुप्रसाद त्वायनाबासु लगायतका रहेका छन् । 

त्यस्तै भक्तपुर २ नम्बरमा १३ जनाले उम्मेवारी दिएका छन् । जसमा ३ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । 

यस निर्वाचन क्षेत्रमा  पूर्व सभामूख एवम् नेपाली कांग्रेसका नेता दमननाथ ढुंगाना र नेकपा एमालेका नेता तथा पूर्व मन्त्री महेश बस्नेत, नेमकिपाबाट पूर्व सांसद अनुराधा थापामगर, विवेकशिल साझापार्टीका शशि विक्रम कार्की लगायतका रहेका छन् । 

सोही निर्वाचन क्षेत्रको भक्तपुर निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा तर्फ क्षेत्र नं. १ सूर्यविनायक नगरपालिका पर्दछ उक्त स्थानमा नेपाली कांग्रेसका उद्धव सिलवाल, बाम गठबन्धनको लागि एमालेबाट शसीजंग थापा, नेमकिपाका सरोजराज गोसाई लगायतका रहेका छन् । 

सोही क्षेत्रको प्रदेश नं. २ मध्यपुरथिमिमा  ११ जनाले उम्मेदवारी दिएका छन् । जसमा २ जनाले स्वतन्त्र उम्मेवारी दिएका छन् ।  

यो प्रदेश सभाको लागि  नेपाली कांग्रेसका गणेशमान चक्रधर, बाम गठबन्धनको लागि एमालेका राजेन्द्रमान श्रेष्ठ, नेमकिपाका प्रेमजन थापा श्रेष्ठ, राप्रपाका रमेश राजबहाक लगायतले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख उमेश कुमार राईले जानकारी दिएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप