रोेमानियामा अस्पतालमा आगलागी हुँदा नौ बिरामीको मृत्यु
रोमानियाको ‘ब्ल्याक सी’ शहर कन्स्टान्टामा रहेको एउटा अस्पतालको सघन उपचार कक्षमा शुक्रबार बिहान भएको आगलागीमा परी नौ जना कोभिड–१९ सङ्क्रमित बिरामीको मृत्यु भएको पुष्टि स्थानीय अधिकारीहरूले गरेका छन् ।
अस्पतालमा रहेका अन्य सबै बिरामीलाई उद्धार गरी नजिकैका अन्य अस्पताल तथा स्वास्थ्य केन्दहरूलाई बिरामीहरूलाई आफ्नो भर्ना लिन आग्रह गरिएको छ, शहरका आकस्मिक सेवा अनुगमनका लागि खटाइएका एक अधिकारीले बताए ।
स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्तिमा भनेको छ, “आज बिहान कोभिड–१९ सम्बन्धित ११३ विरामीले अस्पतालमा सेवा लिइरहेको समय भएको आगलागीमा परी केही व्यक्तिको मृत्यु भएको छ । विरामीमध्ये गम्भीर १० जनालाई आईसीयूमा राखिएको छ ।”
आगलागीको सम्भाव्य कारणबारे कुरा गर्दा अन्तरिम स्वास्थ्य मन्त्री आटिला सेकेले भन्नुभयो, “कारणहरू धेरै हुन सक्छन् । यो आधारभूत संरचना, उपकरणहरूको ओभरलोडसित सम्बन्धित हुन सक्छ र यो असावधानी वा मानवीय कमजोरीसँग पनि सम्बन्धित हुन सक्छ ।” नोभेम्बर २०२० देखि रोमानियाको अस्पतालमा भएको तेस्रो घातक आगलागी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी