आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

दाङबाट एक हजार खसी–बोका काठमाडौँ पठाइँदै

शुक्रबार, १५ असोज २०७८, २० : ०४
शुक्रबार, १५ असोज २०७८

यस वर्ष दसैँ तिहारका लागि दाङबाट काठमाडौँ  एक हजार खसी–बोका पठाइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, तुलसीपुरले खसी–बोका पठाउन लागेको हो । 

खसी–बोका खरिद प्रक्रिया थालिएको कार्यालयका निमित्त प्रमुख नहकुल चौधरीले जानकारी दिए । “कर्मचारी खसी–बोका खरिद गर्न खोज्न गाउँगाउँ पुगेका छन् । खरिद दरबारे किसानलाई पत्राचार गरिएको छ, सोमबारसम्म पश्चिम दाङबाट २०० खसी–बोका काठमाडौँ पठाउँछौँ”, उनले भने । पहिलो चरणमा ६०० र दोस्रो चरणमा ४०० खसी–बोका काठमाडौँ पठाउन लागिएको हो । 

कर्मचारीले गाउँगाउँमा खसी–बोका खोज्न पुगेपछि किसान खुसी भएका छन् । दङ्गीशरण गाउँपालिका–५ की ५७ वर्षीया सावित्रा अधिकारीले भने, “खसी बेचेर दसैँको खर्चको जोहो गरिने भयो ।” कार्यालयले बाँकी खसी–बोका देउखुरी क्षेत्रबाट खरिद गर्ने जनाएको छ । देउखुरीमा सहकारीमार्फत किसानले खसी–बोका पाल्दै आएका छन् ।

जीउँदो खसी–बोकाको मूल्य निर्धारण गरिएको को छ । पच्चिस किलोभन्दा बढीको जीउँदो खसीको मूल्य प्रतिकिलो रु ५६५, २० देखि २५ किलोलाई रु ५५० र बोकाको रु ५४५ प्रतिकिलो निर्धारण गरिएको चौधरीले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको समितिले बिहीबार मूल्य निर्धारण गरेको हो । 

यसैबीच कम्पनीले दसैँ तिहारका लागि सञ्चालन गरेको सुपथ मूल्य पसलमा चामल किन्न आउनेको भीड लाग्ने गरेको छ । कम्पनीले यही असोज १ गतेदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप