मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

२९ हजार मासिक किस्तामा स्कोडा कुशाक

शुक्रबार, १५ असोज २०७८, १९ : १२
शुक्रबार, १५ असोज २०७८

काठमाडौं । नेपालका लागि युरोपेली कार ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले दसैं तिहार लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ ।

ड्राइभ इन फेस्टिभ वीथ स्कोडा कुशाक नाम दिइएको यो योजना अन्तर्गत ग्राहकले न्युनतम २९ हजार रुपैयाँ मासिक किस्तामा नयाँ स्कोडा कुशाक खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गरेर मात्र ९ प्रतिशत ब्याजदरमा नयाँ कुशाक चढ्न पाउनेछन् । नेपाल बजारले निकै रुचाएको नयाँ स्कोडा कुशाकको खरिद सहज बनाउन एमएडब्लुले यो दसैं योजना ल्याएको हो । 

सात वर्ष ऋण अवधि हुने योजनामा पहिलो एक वर्ष ब्याजदरमा कुनै परिवर्तन हुने छैन । ¥यापिड र क्यारोकमा पनि एमएडब्लुले विशेष योजना ल्याएको कम्पनीले जनाएको छ । 

ग्राहकले हरेक स्कोडाको खरिदमा निःशुल्क बिमा, निःशुल्क एसेसरिज, १ वर्षको निःशुल्क सडक कर र अन्य आकर्षक उपहार पाउनेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप