शनिवार काठमाडौंमा स्टार्टअप एन्ड इनोभेसन फेस्ट हुँदै
काठमाडौं । स्वदेशमै केही नयाँ तथा इनोभेसन काम गर्न प्रयासरत युवालाई प्रोत्साहन गर्ने उद्देश्यले यही शनिवार अर्थात् असोज १६ गते काठमाडौंको प्रेसिडेन्सियल बिजनेस स्कुलमा आईसीटी स्टार्टअप एन्ड इनोभेसन फेस्टको आयोजना हुँदैछ ।
लिभिङ वीथ आईसीटीको आयोजना तथा एफवान सफ्टको मुख्य सहकार्यमा भइरहेको आईसीटी अवार्ड २०२१ अन्तर्गत उत्कृष्ट स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इनोभेसनहरूको फेस्टमा सहभागिता रहनेछ ।
आईसीटी अवार्डको छैटौं संस्करण अन्तर्गत केही समय अघि अनलाइन आवेदन खुल्ला गरिएको थियो । विभिन्न ११ विधामा ३५० बढीको अनलाइन आवेदन प्राप्त भएको र त्यसमध्ये स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड र राइजिङ स्टार इनोभेसन आईसीटी अवार्ड विधामा दुई चरणको छनौट पश्चात् छानिएका उत्कृष्ट १० प्रतिस्पर्धीहरुले फेस्टमा आफ्नो प्रडक्ट तथा इन्नोभेसन प्रस्तुत गर्नेछन् ।
प्रदर्शनीमा ४० बढी स्टार्टअप तथा इनोभेसनको स्टल रहनेछ । फेस्ट अन्तर्गत नै शुक्रवार मेन्टरिङ सेसनसमेत सञ्चालन गरिँदैछ । नेपाल आन्टरप्रेनर्स हबका सहसंस्थापक सुमन शाक्य, हाम्रो पात्रोका संस्थापक शंकर उप्रेती र एप्लाईजबका अध्यक्ष राजेन्द्र गिरीले स्टार्टअपहरूलाई मेन्टरिङ गर्नेछन् ।
एफवान सफ्ट आईसीटी अवार्ड २०२१ इन एसोसिएशन वीथ जिनस, पावर्ड वाई ह्वावे कार्यक्रममा विभिन्न ३ विधामा उत्कृष्ट १० तथा ११ को नाम घोषणा गरिएको छ । आईसीटी अवार्डको जुरी समितिले स्टार्टअप आईसीटी अवार्ड उत्कृष्ट १० तथा राइजिङ स्टार इनोभेसन र प्रोडक्ट आईसीटी अवार्डको उत्कृष्ट ११ को नाम सार्वजनिक गरेको हो । जुरी समितिले विभिन्न चरणको मूल्याङ्कन पश्चात् उत्कृष्ट १० र ११ को घोषणा गरेको हो । लिभिङ वीथ आईसीटी आयोजना गरेको आईसीटी अवार्डमा सूचना प्रविधि क्षेत्रका १२ जना विज्ञहरूको जुरी समिति र १५ जनाको विशिष्ट सल्लाहकार समिति गठन गरिएको छ ।
स्टार्टअप आईसीटी अवार्डको उत्कृष्ट १० मा बगभी सफ्टवेयर टेक्नोलोजिज प्रालि, दुल्वा एक्सपेन्डिचर, हाम्रो लाइफ बैंक, हाउस अफ बुक्स प्रालि, काल्की आईओटी सोलुसन प्रालि, खेती भेन्चर्स प्रालि, निर्माण साथी टेक्नोभेसन प्रालि, पु¥याउ सर्भिस प्रालि, सजिलो ट्रिप प्रालि, युजी बजार प्रालि पर्न सफल भएका छन् ।
त्यस्तै राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्डको उत्कृष्ट ११ मा एग्रिक्लियर, आस्क म्याटरब, डिजिज प्रेडिक्सन इन मेज प्लान्ट, इन स्याट, आईओटीमा आधारित इकोनोमिकल एयर प्युरिफायर, मेडिकोज इन्टरनेशनल, मुशुर, ओपन पास्ट पेपर, पीके एग्रो ब्लकचेन र रेन्ट अन बाइक परेका छन् ।
त्यसैगरी प्रडक्ट आईसीटी अवार्डको उत्कृष्ट ११ मा बाटो, बगभी, आईएमएस डिस्ट्रिब्युसन म्यानेजमेन्ट प्रालि, खेती फुड एप एण्ड खेती फार्म एप, मिखा, एनआईसी एशिया आईसर्भ, प्यान्टस्याट, राहत, सायक, स्मार्ट वेल्थ प्रो र युजी बजार रहेका छन् ।
उत्कृष्ट १० मा पर्न सफल सहभागीहरूले स्टार्टअप एन्ड इनोभेसन फेस्टमा सहभागी हुन पाउनेछन् । यसैगरी प्रिजेन्टेशन तथा स्पिड डेटिङ सेसनमा सहभागी भएर उत्कृष्ट ५ छानिने आयोजकले जानकारी दिएको छ । उत्कृष्ट ५ बाट सर्वोत्कृष्ट छनौट गर्न पब्लिक भोटिङ र फिल्ड भिजिट पनि सञ्चालन हुनेछ । यसैगरी अन्य ८ विधामा जुरी समितिले विभिन्न चरणमा छनौट प्रक्रिया अघि बढाउनेछ ।
आईसीटी अवार्डमा स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्डका अन्य विधाहरूमा पायोनियर आईसीटी अवार्ड, नेपाली डायस्पोरा आईसीटी अवार्ड, आन्टरप्रेनर आईसीटी अवार्ड र वुमन आइकन आईसीटी अवार्ड रहेका छन् । यसैगरी, डिजिटल गभर्नेन्स आईसीटी अवार्ड, डिजिटल सर्भिसेस आईसीटी अवार्ड र डिजिटल एजुकेशन आईसीटी अवार्ड पब्लिक र प्राइवेट सेक्टर रहेका छन् । आईसीटी अवार्ड २०२१ को ग्रान्ड फिनाले कार्यक्रम डिसेम्बर १७ मा हुनेछ ।
यस वर्ष अवार्ड विजेताहरूले विशिष्ट सम्मानसँगै राष्ट्रिय वाणिज्य बैंकबाट १५ लाखसम्म विना धितो सहुलियत ऋण सुविधा, स्टार्टअप र आइडियामा लगानीको अवसर र अन्य महत्वपूर्ण सेवा तथा सुविधाहरू प्राप्त गर्नेछन् । पावर्ड वाई स्पोन्सर ह्वावेले स्टार्टअप आईसीटी अवार्ड विधाको विजेतालाई ३ लाख बराबरको हुवावेका महत्वपूर्ण सेवाहरू प्रदान गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्छ’
-
एक करोड ४० लाखमा बन्यो देउराली प्रहरी चौकी
-
घरजग्गा कारोबारले गति लिँदै, मंसिरमा मात्रै ४५ प्रतिशतले बढ्यो
-
इप्पानले माघ ४ गते रजत जयन्ती मनाउँदै
-
लोसपामा फेरि थपिए ६ जना केन्द्रीय सदस्य
-
सुर्खेतमा घरभित्रै निसास्सिएर आमा–छोराको मृत्यु, छोरी घाइते