बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘बुद्ध एयरको घटना प्राविधिक त्रुटि हो, हामी अनुसन्धान गरिरहेका छौँ’

शुक्रबार, १५ असोज २०७८, १६ : ५४
शुक्रबार, १५ असोज २०७८

नागरिक उड्डयन सम्बन्धी समस्या र समाधान उपसमितिले हवाइजहाजमा देखिएका प्राविधिक समस्याका सम्बन्धमा छलफल गरेको छ । शुक्रवार सिंहदरबारमा बसेको उपसमितिको बैठकले पछिल्लो समय हवाइजहाजमा देखिएका प्राविधिक समस्याहरूको बारेमा छलफल गरेको हो । 

छलफलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले केही दिनअघि बुद्ध एयरमा देखिएको समस्या त्रुटीवश भएको बताए । उनले बुद्ध एयरमा भएको घटनाको अहिले अनुसन्धान भइरहेको बताए । यद्यपि, विमान मिसिनबाट चल्ने प्राविधिक विषय भएकाले छिटफुट कहिलेकाहीँ केही समस्याहरु देखिनु स्वभाविक भएको उनको तर्क छ ।

‘अस्ति बुद्ध एयरको जुन एउटा घटना भयो, अहिले हामी सबै त्यसको अनुसन्धानकै चरणमा छौँ । अनुसन्धान पूरा भएपछि के भएको रहेछ वास्तविकता बाहिर आउने नैछ’ लामिछानेले भने, ‘प्रिन्सीपल्ली हेर्दा दुर्घटना कसरी हुन्छ ? भन्ने कुरामा यो विलकुल प्राविधिक पाटो हो । कुन बेला के हुन्छ भन्न सकिन्न, अपर्झट हुने घटनाहरु हुन्, घटनाको सम्भावना भइरहन्छ । कति घटनाहरु रेगुलेटरलाई पनि थाहा हुँदैन,कति कुराहरु पाइलटले मात्रै फेस गरेको हुन्छ र त्यत्तिकै पनि समाधान हुन्छ । कति अप्रेटरकोमा आउँछ, त्यहाँबाट समाधान हुन्छ । साना घटनाहरूलाई हामी इरर (त्रुटि) भन्छौँ, अस्तिको भएको त्यहीँ हो ।’

यता नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले प्राधिकरणले आफ्नो क्षेत्रबाट कतै पनि कमजोरी नगरेको बताए । नागरिक उड्ययन प्राधिकरणलाई हित हुने गरेर राम्रो सुझाव आए सहस्र स्वीकार्ने समेत बताए ।

‘हाम्रो तर्फबाट हामीले कहीँकतै कमजोरी छोडेका छैनौँ । विगतको घटनाहरु म भन्न चाहन्न, तर अहिले जुन टीम छ, प्लस हामीले बाहिरबाट पनि ल्याएका छौँ, उहाँहरुले आफ्नो काम गरिरहनुभएको छ । यस्तो मिटिङबाट राम्रो सुझाव आए हामी अलाउड गर्न तयार छौँ ।’

सो अवसरमा प्राधिकरणका सहयोगी राजु श्रेष्ठले अहिले बुद्ध एयरको बारेमा अनुसन्धान भइरहेकोले आफुहरुले केही भन्न नमिल्ने बताए । जहाज किन्ने बेलामा हरेक जहाजको पार्टपूर्जा, ल्याण्डिङको आयु तोकेको हुने भन्दै उनले त्यसै आधारमा छानबिन गरिने बताए । 
उनले भने, ‘हालसालैको जुन घटनाको कुरा आयो, घटनाको छानबिन रिपोर्ट नआएसम्म त्यसमा हामी त्यति कमेन्ट गर्दैनौँ, छानबिनमै रहेकोले त्यसबारेमा चर्चा, परिचर्चा गर्दैनौँ । जहाजको मर्मत सम्हारको कुरामा जहाजलाई निर्माण गर्ने क्रममा जहाजको सबै पार्टपूर्जाको लाइफ तोकेको हुन्छ । ल्यान्डिङ, त्यसको पार्टपूर्जामा समय तोकिएको हुन्छ, त्यसैका आधारमा हामी अनुसन्धान अघि बढाउछौं ।’ 

यस्तै यता निजी कम्पनीको तर्फबाट बोल्दै यति एयरलाइन्सका अप्रेसन्स म्यानेजर गोविन्द पौड्यालले हरेक विमान उड्नु भन्दाअघि इन्जिनियरहरुले चेक गरेपछि मात्रै उड्ने भएकोले हालै भएको बुद्ध एयरको घटना अपवादमा भएको बताए । कहिलेकाहीँ यस किसिमका घटनाहरु सबै परीक्षण गरिसकेपछि पनि हुने उहाँले बताए ।

‘ठाउँठाउँमा स्टेशनहरुमा इन्जिनियर, टेक्निसियन्सहरु हुनुपर्छ । हरेक पाइलट, इन्जिनियरहरूको लाइसेन्स हुन्छ । नभएकोले केही गर्न पाउँदैन । उड्नुभन्दा अघि सबै परीक्षण हुन्छ,त्यहाँ इन्जिनियरले फिक्स नगरीकन उड्दैन । पाइलटले पनि चेक गरेको हुन्छ । एक ठाउँमा विमान चेक गरेपछि त्यो दिनभर गरिरहनु पर्दैन । तर कहिलेकाहीँ अपवादमा समस्या आइदिन्छ । बुद्ध एयरको सवालमा पनि भएको त्यहिँ हो’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप