केपी ओलीको राजनीतिक प्रतिवेदन : काँग्रेस दलाल पुँजीवादी, प्रचण्ड अस्थिर र अवसरवादी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसलाई पुँजीवादी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अस्थिर, अवसरवादी र विभाजनकारी भनेका छन् । शुक्रबारबाट सुरु भएको पार्टीको पहिलो विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
ओलीले प्रतिवेदनमा आफ्नो पार्टीको विभिन्न राजनीतिक दलहरूसँग प्रतिष्पर्धा र प्रतिद्वन्द्विता रहने भनेका छन् ‘नेपाली काँग्रेसको दलाल पुँजीवादी वर्ग चरित्र, नवउदारवादी पुँजीवादी बाटो, यथास्थितिवाद र राष्ट्रियताका विषयमा ढुलमुले एवम् सम्झौतापरस्त क्रियाकलापप्रति हाम्रो विरोध छ’ ओलीले भनेका छन् । त्यस्तै उनले आफ्नो मुख्य प्रतिष्पर्धा पार्टी पनि काँग्रेस नै भएको बताएका छन् ।
ओलीले माओवादी केन्द्र, मूलतः प्रचण्ड अस्थिर, अवसरवादी एवम् विभाजनकारी सोच भएको भन्दै त्यस्तो व्यवहारप्रति विमति रहने जनाएका छन् । ओलीले मधेस केन्द्रीत दलहरूमाथि पनि टिप्पणी गरेका छन् । मधेसकेन्द्रित दललाई ओलीले संकीर्ण, यथास्थितिवादी भनेका छन् । ‘मधेस–केन्द्रित दलका संकिर्ण, यथास्थितिवादी एवं राष्ट्रियताका विषयलाई असर पुर्याउने सोच र गतिविधिप्रति हाम्रो असहमति छ’, ओलीले भनेका छन् ।
एमाले अध्यक्ष ओलीले कतिपय दलहरुले राजतन्त्र फर्काउन चाहेको र कतिले धर्मलाई राजनीतिक हतियार बनाउन चाहन्छन् भन्दै यसमा आपत्ति र विरोध रहेको जनाएका छन् । ‘तर बहुदलीय प्रतिस्पर्धाका आधारमा नेतृत्व हासिल गर्ने नीति लिएको पार्टीले कुनै दल विशेषलाई प्रमुख दुश्मन घोषणा गर्ने जस्ता कम्युनिष्ट आन्दोलनका अतिवादी गल्तीबाट भने मुक्त रहनुपर्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाहिरको सहमतिले संसद्कै गरिमामाथि प्रश्न, सत्ता र विपक्ष दुवैले गरे तीव्र आलोचना
-
निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
-
मानव गरिमाको संकट र हाम्रो सामाजिक चेतना
-
नेपाल–बेलायत आर्थिक साझेदारीमा नयाँ अध्याय, व्यापार र लगानी विस्तार गर्न दुई महत्त्वपूर्ण एमओयूमा हस्ताक्षर
-
सुदूरपश्चिमको बजेटः निरन्तरताभित्र नवीनता खोज्ने प्रयास
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण