शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नर्भिकका दुई विशेषज्ञ डाक्टरले एकै दिन निःशुल्क ओपीडी चलाउने

शुक्रबार, १५ असोज २०७८, १६ : २८
शुक्रबार, १५ असोज २०७८

काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको निःशुल्क ओपीडी अभियानअन्तर्गत शनिवार(भोली) दुई विशेषज्ञ डाक्टरहरुले निःशुल्क सेवा दिने भएका छन् ।

यो दिन बिरामीहरुले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म दुई फरक विशेषज्ञ चिकित्सकबाट निःशुल्क ओपीडी सेवा पाउने भएका हुन् । नर्भिकका कन्सल्ट्यान्ट ग्यास्ट्रो इन्टेरोलोजिस्ट प्रोफेसर डा. सीताराम चौधरी र अर्थोपेडिक कन्सल्ट्यान्ट डा. सगुन जोशीले निःशुल्क ओपीडी सेवा दिनेछन् । 

प्रा.डा. चौधरीले बिहान १० बजेदेखि १२ बजेसम्म र डा. जोशीले १२ बजेदेखि २ बजेसम्म निःशुल्क ओपीडी सेवा दिने नर्भिक अस्पतालले जनाएको छ । 

पाचन प्रणाली, कलेजो, ग्यास्ट्रिक लगायत पेटसँग सम्बन्धित समस्या भएकाले प्रा.डा. चौधरी र हाड जोर्नीसँग सम्बन्धित समस्या भएकाले डा.जोशीको निःशुल्क ओपीडी सेवामा सहभागी भई लाभ उठाउन सक्ने अस्पतालले जनाएको छ । 

नर्भिकले केही महिनाअघिदेखि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक शनिवार कुनै न कुनै विशेषज्ञ चिकित्सकबाट निःशुल्क ओपीडी सेवा दिने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप