बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अब सहने छुट हामीलाई छैन : हिमानी शाह

शुक्रबार, १५ असोज २०७८, १६ : १२
शुक्रबार, १५ असोज २०७८

 पूर्व युवराज्ञी हिमानी शाहले नेपालबाट भैरहेको प्रतिभा पलायन रोक्नुपर्ने बताएकी छन् । नवलपरासीका बाढी पीडितलाई राहत वितरण गर्नेक्रममा बिहीबार शाहले भनिन्, ‘प्रतिभा पलायन रोक्नुपर्नेछ । यो स्थितीलाई सहेर बस्ने सुविधा हामी कसैलाई छैन ।’
 
हिमानी ट्रस्टले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नवलपरासीका ५ सय बाढी पीडित परिवारलाई खाद्यान्न सहयोग गरेको छ । पूर्वयुवराज्ञी हिमानी शाहको जन्मदिनको अवसर पारेर यस्तो सहयोग गरिएको हो । कोषले मानवीय बालश्रम, नयाँ नेपाल अनाथालय र सोलु बालकल्याण आश्रममा रहेका बालबालिकाका लागि पनि खाद्यान्न सहयोग गरेको छ । त्यसैगरी राष्ट्रिय जनजागरण समाज सुधार आश्रमका ४४ बालबालिकाका लागि लुगा सहयोग गरिएको छ । 

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै कोषकी अध्यक्ष  पूर्व युवराज्ञी शाहले नेपाली जनताको सेवा नै कोषको लक्ष्य रहेको बताइन् । उनले महामारीको समय सबै एकजुट हुनुको विकल्प नरहेको बताइन् ।  उनले भनिन्, ‘सबै जनसंख्यालाई खोप लगाउनुपर्नेछ । किसानका समस्या समाधान गर्दै कृषि उत्पादनको बजारीकरण गर्नुपर्नेछ ।’   कोषले विगत ११ वर्षदेखि निरन्तर रूपमा सामाजिक कार्य गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप