बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

विप्लव निकट अनेरास्ववियू (क्रान्तिकारी) अध्यक्षमा शाही

शुक्रबार, १५ असोज २०७८, १५ : ५२
शुक्रबार, १५ असोज २०७८

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले २२ औँ राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । 
विप्लवले उद्घाटन गरेर सुरु भएको सम्मेलन असोज ६ गतेदेखि ९ गतेसम्म पोखरामा सम्पन्न भएको आज राजधानीमा पत्रकार सम्मेलन गरेर जानकारी गराइयो । 

सम्मेलनले प्रकाश शाहीको अध्यक्षतामा ११३ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । नवनिर्वाचित अध्यक्ष प्रकाश शाहीले सम्मेलनले २१औं राष्ट्रिय सम्मेलनबाट प्रस्तावित वैज्ञानिक समाजवादी शिक्षाको प्रारम्भिक खाका प्रस्तुत गरेको जानकारी दिए । उनले शिक्षालाई पछिल्लो समयमा व्यापारको हिसाबले हेरिएको र सो विषयको सम्मेलनमा उठान गरेको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप