आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

हरनाज सन्धुले जितिन् मिस युनिभर्स इन्डियाको ताज

शुक्रबार, १५ असोज २०७८, १५ : २६
शुक्रबार, १५ असोज २०७८

‘मिस युनिभर्स इन्डिया २०२१’ को ताज हरनाज सन्धुले जितेकी छन् । ३० सेप्टेम्बरमा आयोजित ‘मिस दिवा मिस युनिभर्स इन्डिया २०२१’ मा उनले उक्त उपाधि पहिरन सफल भएकी छन् । सन्धुले अब इजरायलमा आयोजना हुने ७० औं ‘मिस युनिभर्स २०२१’ मा भारतको प्रतिनिधित्व गर्नेछिन् । प्रतियोगिता इजरायलको इलियटमा आयोजना हुनेछ । गत वर्ष मेक्सिकन मोडल एन्ड्रिया मेजाले ‘मिस युनिभर्स’को ताज जितेकी थिइन् ।

यो वर्ष उनले नयाँ विजेतालाई ताज लगाउनेछिन् । चण्डीगढकी सन्धु २०१७ टाइम्स फ्रेस फेस मिस चण्डीगढ समेत बनेकी थिइन् । प्रतियोगितामा सोनल कुकरेजा फष्ट रनर अप र डीविता राय सेकेन्ड रनरअप भए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप