शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पानीको बोतलमा पनि ओलीको फोटो

शुक्रबार, १५ असोज २०७८, १५ : १६
शुक्रबार, १५ असोज २०७८

नेकपा एमालेको विधान महाधिवेशनमा एमालेकै लोगो रहेको पानी खाने बोतल वितरण गरिएको छ । महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई हल भित्र वितरण गरिएको पानीको बोतलमा एमाले महाधिवेशनको लोगोसहित अध्यक्ष ओलीको फोटो रहेको छ । गाेदावरी मिनरल वाटर प्राेडक्ट कम्पनीले उत्पादन गरेकाे १ लिटरकाे पानीको बाेतलमा साे तस्बिर राखिएको छ ।

प्रत्येक प्रतिनिधिलाई वितरण गरिएको उक्त बोतल महाधिवेशन अवधिभर प्रयोग गर्न भनिएको छ । कार्यक्रमको सुरुमै एमाले केन्द्रीय कार्यालयका सचिव समेत रहेका शेरबहादुर तामाङले पानी खान वितरण गरिएको उक्त बोतल आफ्नै झोलामा राख्न भनेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप