महिला विरोधी बलिउडका डायलग, मुम्बई प्रहरीले यसरी दियो चेतावनी
मुम्बई प्रहरी सोसल मिडियामा आफ्नो ठट्यौली पारा र उत्कृष्ट सृजनशीलताका लागि परिचित छ । मुम्बई प्रहरीको सोसल मिडिया अकाउन्टमा बलिउड फिल्म र अभिनेताको मीम सेयर गर्नेदेखि संवेदनशील विषयमा सन्देश दिनेसम्म माहिर छ । यस्तोमा अब मुम्बई प्रहरीको आधिकारिक इन्स्टाग्राम ह्यान्डलबाट बलिउडका थुप्रै फिल्मका दृश्य सेयर गरिएका छन् । यी दृश्यसँगै मुम्बई प्रहरीले एउटा अत्यावश्यक सन्देश पनि दिएको छ ।
मुम्बई प्रहरीले फिल्ममार्फत् दिए उत्कृष्ट मेसेजः
मुम्बई प्रहरीले इन्स्टाग्राम अकाउन्टमा फिल्म कबिर सिंहदेखि हम तुम्हारे है सन र मालामालसम्मका थुप्रै डायलग सेयर गरेको छ । यी सबै फिल्मका सेयर गरिएका दृश्य र डायलग महिला विरोधी हुन् । यसका साथै मुम्बई प्रहरीले ‘महिला विरोधी वा महिला विरोधी कुरालाई साधारण तरिकाले हेर्न बन्द गर्नुहोस् नभए तपाईंले कानूनको समेत सामना गर्नुपर्ने हुनसक्छ’ भन्दै चेतावनी दिएको छ ।
मुम्बई प्रहरीले इन्स्टाग्राममा फिल्मको दृश्यको फोटो सेयर गरेको छ । यी फिल्मका महिला विरोधी डायलग लेखिएका छन् । शाहिद कपुर र कियारा आडवाणीको ‘कबिर सिंह’ एक्लो फिल्म हो जसको दुईपटक कुरा गरिएको छ । पहिलो दृश्यमा कबिर सिंह आफ्नी प्रेमिका प्रीतिसँग भन्छन्, ‘प्रीति सल मिलाउ ।’ यस्तै अर्कोमा कबिर सिंहले भन्छन्, ‘ऊ मेरी हो ।’
‘सावधानीपूर्वक छान्नुहोस् शब्द र एक्सन’
‘कबिर सिंह’ बाहेक जुन फिल्मका दृश्यमा आपत्ति जताइएको छ त्यसमा ‘हम तुम्हारे हे सनम’, ‘मालामाल’, ‘दिल धडकने दो’, ‘दबंग’, ‘चश्मे बद्दुर’ र ‘उजडा चमन’ संलग्न छन् । मुम्बई प्रहरीले आफ्नो पोस्टको क्याप्सनमा लेखेको छ, ‘सिनेमा हाम्रो समाजको ऐना हो । यहाँ केही यस्ता डाइलग छन् जसमाथि हाम्रो समाज र सिनेमा दुबैले विचार गर्नुपर्ने आवश्यकता छ । आफ्नो शब्द र एक्सनलाई सावधानीपूर्व छान्नुहोस्, नभए तपाईंहरुले कानूनको सामनासमेत गर्नुपर्नेछ । ’
करिब सिंहको भएको थियो आलोचनाः
सिनेमामा थुप्रै फिल्ममा महिला विरोधी कुरा भनिन्छ र देखाइन्छ । जसलाई हामी साधारण ठान्छौं, जुन वास्तवमा गलत हो । समाजमा पनि हामी सबैले महिलाको भूमिकाका लागि गलत कुरा अपनाएका छौं जुन फेरिन आवश्यक छ । यद्यपि, नयाँ समयमा नागरिक र सिनेमाका प्रशंसकले महिला विरोधी कुरा र विषयवस्तुलाई निकै हदसम्म अस्वीकार गरिरहेका छन् । सन् २०१९ मा रिलिज भएको कबिर सिंहले पनि अत्यधिक आलोचनाको सामना गर्नुपरेको थियो । यसमा महिला विरोधी डायलग र व्यवहारको महिमामण्डित गरिएको बताइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतियोगिताको पुरस्कार रकम नदिई भाग्ने दुई जना पक्राउ
-
इन्डोनेशिया बन्यो ब्रिक्सको पूर्ण सदस्य
-
विमानस्थलबाट सुनसहित एक जना पक्राउ
-
२१ दिनको अवधिमा ११ वटा भूकम्पको धक्का
-
केन्द्रीय सदस्यले बोल्ने क्रम सकिएपछि एमाले बैठकमा ओलीले जवाफ दिँदै
-
प्राधिकरण सञ्चालक समितिको बैठकमा ऊर्जामन्त्री र सचिवहरू अनुपस्थित