शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पहिले ऋणले बिहे रोकियो, अहिले राजकुमारीसँग बिहे गर्दै

शुक्रबार, १५ असोज २०७८, १३ : ३८
शुक्रबार, १५ असोज २०७८

वर्षौंको विवादपछि जापानकी राजकुमारी माकोले आफ्ना पूर्व सहपाठी साथीसँग बिहे गर्दैछिन् । यसै महिना उनको बिहे हुनेछ र त्यसपछि आफ्नो शाही हैसियत परित्याग गर्नेछिन् ।  यो विवाह २६ अक्टुबर (६ कात्र्तिक)  मा हुने तय भइसकेको छ । राजकुमारीसँग बिहे गर्न लागेका कुमोरो सामान्य परिवारका व्यक्ति हुन् ।

उनी लामो समयदेखि राजकुमारीसँग प्रेम सम्बन्धमा थिए । २०१८ मै उनीहरुले बिहे गर्न खोजेका थिए, तर यतिबेला कुमोरोको परिवार आर्थिक कठिनाइबाट गुज्रिरहेको थियो । कुमोरोकी आमाले आफ्ना पूर्व प्रेमीसँग लिएको ऋण फिर्ता गरिसकेकी थिइनन् ।

विवाहपछि माको र कुमोरो अमेरिका जाने बताइएको छ । उनीहरुको विवाहबारे अहिले जापानका स्थानीय पत्रपत्रिकाहरुमा ठूलै चर्चा भइरहेको छ । आफ्नो परिवारबारे भइरहेको टिका टिप्पणीका कारण राजकुमारी निकै विचलित बनेको इम्पेरियल हाउसहोल्ड एजेन्सीले जनाएको छ । यसअघि राजकुमारीकी ठूला–आमा अर्थात् रानी मासाकोले पनि छोरा नजन्माएको भन्दै आलोचित हुनुपरेको थियो । 

राजकुमारीका पिता फुमिहितो वर्तमान राजा नारुहितोका भाइ हुन् । सम्राट नारुहितोका छोरा छैनन् । त्यसैले, दाजुपछि फुमिहितो नै राजगद्दीका उत्तराधिकारी हुन् । माकोका भाई हिसाहितो राजगद्दीको उत्तराधिकारीको सुचीमा दोस्रो स्थानमा छन् । 

२०१२ मा पहिलो भेट 
राजकुमारी माकोले सन् २०१२ मा पहिलोपटक कोमुरोलाई भेटेकी थिइन् । उनीहरु टोकियोस्थित इन्टरनेशनल क्रिष्ट्रियन विश्वविद्यालयमा सहपाठी थिए । २०१७ मा उनीहरुबीच इन्गेजमेन्ट भएको थियो । अर्काे वर्ष बिहे हुने तय थियो । तर, कोमुरोकी आमा यतिबेला आर्थिक समस्याले घेरिएकी थिइन् । यद्यपी, विवाहमा ढिलाई हुनुको कारण आर्थिक समस्या रहेको विषयलाई जापानी दरबारले स्वीकारेको छैन । यद्यपि, विवाह हुनअघि आर्थिक विषय टुंगिनु महत्वपूर्ण रहेको फुमिहितोले बताएका थिए । 

माकोले विहेपछि १३ लाख अमेरिकी डलर रकम भुक्तानी पनि लिने छैनन्, यो रकम प्रायः शाही परिवारबाट हटेका व्यक्तिहरुलाई एकमुष्ट रुपमा दिइन्छ । उनको विवाह शाही समारोह र परम्पराअनुसार पनि हुनेछैन । शाही परिवारमा परम्परा ननिभाउने र रकम पनि नलिने उनी पहिलो महिला हुनेछिन् । जापानी नियमअनुसार शाही परिवारका महिला सदस्यले सर्वसाधारणसँग विवाह गरेपछि आफ्नो हैसियत त्याग्नुपर्छ, जबकी पुरुष सदस्यमा यो लागू हुँदैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप