काठमाडौँमा तीन श्रेणीका १३२ गुण्डा सक्रिय, कुन एरियामा कुन पार्टीको ? (सूचीसहित)
काठमाडौँ – ‘पार्किङको टेन्डर नगरौँ, काठमाडौँमा गुण्डाराज सुरु हुन्छ, अव्यवस्थित पार्किङ हटाउनुपर्छ तर टेन्डर गर्नु हुँदैन, पे–पार्किङमा गुण्डाराज भयो !’– प्रहरी महानिरीक्षक प्रकाश अर्याल (असार–२, २०७४)
गृहमन्त्री, गृह–सचिव र काठमाडौँ महानगरपालिकाका निर्वाचित पदाधिकारीका सामुन्ने गृह मन्त्रालयको बैठक कक्षमा प्रहरी प्रमुख आफैंले काठमाडौँमा ‘गुण्डाराज’ भएको कुरा स्वीकार गरेका थिए । काठमाडौँको पार्किङलाई कसरी व्यवस्थित गर्ने भन्नेबारेको उक्त बैठकले गुण्डाराजकै कारण टेन्डर नगर्ने बरु व्यवस्थित पार्किङका लागि नयाँ विधिबाट अगाडि बढ्ने निक्र्योल गरेको थियो ।
नेपालको राजधानी सहर काठमाडौँ उपत्यकाको पार्किङमा मात्रै गुण्डाराज छैन, ठेक्कापट्टा, होटल व्यवसायलगायतका क्षेत्र गुण्डाको धम्की र हप्ता असुलीबाट आजित भएका छन् । तर, व्यवसायीहरू गुण्डालाई खुसुक्क हप्ता बुझाउँछन्, अनि बाहिर बोल्नै डराउँछन् ।
प्रहरी स्रोतबाट रातोपाटीलाई प्राप्त जानकारी अनुसार काठमाडौँ जिल्लामा मात्र विभिन्न श्रेणीका १३२ जना गुण्डाहरू सक्रिय छन् । प्रहरीले क, ख र ग वर्गमा गुण्डाहरूलाई वर्गीकरण गरेको छ । काठमाडौँमा क्रियाशील गुण्डाहरूले कुनै क्षेत्रलाई आफ्नो आधारभूमि बनाएर हप्ता असुली, विकासका टेन्डर कब्जा गर्ने तथा व्यवसायीलाई धम्क्याउने जस्ता कार्य गर्दै आएका छन् । साना हतियारबाट सु–सज्जित भएका गुण्डाहरू विभिन्न दलका नेता र कतिपय सुरक्षा निकायकै अधिकारीको संरक्षणमा आपराधिक गतिविधिमा संलग्न छन् ।
रातोपाटीलाई प्राप्त सूचीअनुसार उपत्यकामा क्रियाशील सबैभन्दा धेरै गुण्डा काङ्ग्रेस निकट छन् । काङ्ग्रेसछि नेकपा (एमाले)को आडमा गुण्डागर्दी गर्नेहरू दोस्रो स्थानमा छन् भने माओवादी केन्द्र, राप्रपा र नेमकिपाको आडमा गुण्डागर्दी गर्नेहरू पनी उल्लेख्य सङ्ख्यामा रहेका छन् ।
काठमाडौँ, भक्तपुर र ललितपुरमा क्रियाशील गुण्डाको सङ्ख्या १९१ पुगिसकेको छ । गुण्डाहरूले विभिन्न टोल तथा क्षेत्रहरूलाई आफ्नो बेस बनाएर गुण्डागर्दी गरिरहेका छन् ।
गुण्डा पनि काठमाडौँको सुरक्षा चुनौती भएको स्विकार्छन्, काठमाडौँ प्रहरी प्रमुख रवीन्द्र धानुक । ‘गुण्डागर्दीले सुरक्षा थ्रेट नै छैन भन्ने चाहिँ हैन’ एसएसपी रवीन्द्र धानुक भन्छन्– ‘तर गुण्डालाई कसरी काबुमा राख्ने भन्नेबारे हामीले शून्य सहनशीलता अपनाएका छौँ, गुण्डागर्दी गर्नेविरुद्ध जुनसुकै बेला पनि बल प्रयोग हुन्छ ।’
महानगरीय प्रहरी परिसर काठमाडौँ स्रोतका अनुसार काठमाडौँ जिल्लामा सक्रिय १३२ गुण्डामध्ये ‘क’ वर्गका १५ जना, ‘ख’ वर्गका ३२ जना र ‘ग’ वर्गका ४७ जना रहेका छन् । १५ गुण्डाको भने श्रेणी नखुलेको बताइएको छ ।
काठमाडौँको बौद्ध, गौशाला, महाराजगञ्ज, बानेश्वर, ठमेल, ठमेल, न्युरोड, बालाजु, कमलपोखरी र दरबामार्गमा सबैभन्दा धेरै गुण्डाराज रहेको छ ।
ललितपुरमा ‘क’ वर्गमा एकजना मात्रै गुण्डा छन् । महानगरीय प्रहरी परिसर ललितपुर स्रोतका अनुसार ललितपुरमा ‘ख’ वर्गका गुण्डाहरू १० जना छन् भने २२ जनाको श्रेणी खुलेको छैन । लतिलपुरमा कुल ३३ गुण्डा सक्रिय छन् ।
भक्तपुरमा क्रियाशील २४ जना गुण्डामध्ये कसैको पनि श्रेणी खुलेको छैन । उपत्यकामा टोलटोलमा गुण्डाराज मच्चाउने गुण्डाहरू को–को हुन् ? उनीहरू कुन–कुन दलमा संलग्न छन् र कस्ता अपराध गर्दै आएका छन् ?
हेर्नुहोस्, ठूलादेखि टोले गुण्डासम्मको सूची
(नोट : यो तथ्याङ्क काठमाडौँ उपत्यकामा रहेका प्रहरी परिसरहरू, वृत्त र प्रभागमा कार्यरत सुरक्षा अधिकारीहरू तथा लामो समयदेखि गुण्डा समूहको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूले उपलब्ध गराएका हुन् । )
बौद्ध, गौशाला, महाराजगञ्ज र वानेश्वर क्षेत्रमा क्रियाशील गुण्डाहरू :
ठमेल, न्युरोड, बालाजु, कमलपोखरी र दरबामार्ग क्षेत्रमा क्रियाशील गुण्डाहरू :
स्वयम्भु र त्यस आसपासमा क्रियाशील गुण्डाहरू :
ललितपुर बेस भएका गुण्डाहरू :
भक्तपुर बेस बनाएर सक्रिय गुण्डाहरू :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु
-
शुक्रबारबाट रिलिज ‘तेल भिसा’ र ‘अग्निदहन’को व्यवसाय कस्तो ?
-
बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक
-
धितोपत्र बोर्डको अध्यक्षका लागि दुई जनाको अन्तर्वार्ता सम्पन्न
-
सिनामंगलस्थित होटलमा दुई युवायुवती मृत अवस्थामा भेटिए
-
दुर्गा प्रसाईँलाई अदालत लगियो