अमेरिकी ड्रोन हमलामा मारिए अलकायदाका वरिष्ठ नेता
शुक्रबार, १५ असोज २०७८, १२ : ४६
अलकायदाका एक वरिष्ठ नेता ड्रोन हमलामा मारिएको अमेरिकी विदेश विभागले पुष्टि गरेको छ । सिरियाको इदलिब नजिकै २० सेप्टेम्बरमा भएको अमेरिकी हवाई हमलामा सलिम अबु अहमद मारिएका हुन् । उनले अलकायदाका आक्रमणहरुको योजना बनाउने र लगानी ल्याउने काम गर्दथे । यस हमलामा कोही पनि सर्वसाधारण मारिएको संकेत नआएको अमेरिकी रक्षा अधिकारीहरुले बताएका छन् ।
यसअघि एशोसियट प्रेसले २० अक्टुबरमा विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्रमा गुडिरहेको गाडीमा ड्रोन हमला हुँदा कम्तिमा एकजना मारिएको जनाएको थियो । त्यसैगरी, ह्वाइट हेल्मेट टिम नामक सिभिल दस्ताका अधिकारीहरुले इदलिब–बिनिस सडकमा कारबाट एउटा अज्ञात शव निकालिएको जनाएका थिए ।
अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार अमेरिकी फौजले इदलिव प्रान्त नजिक अलकायदाका नेतालाई निशानामा बनाएर ‘आतंकवादविरोधी हमला’ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति भनेको छापामार युद्धजस्तो होइन ः गुरुराज घिमिरे
-
निर्मला पन्तको घटना ह्युमन इन्टेलिजेन्स विधिबाट अनुसन्धान गर्दैछौँ प्रहरी
-
पूर्वप्रस्थान तालिमका लागि आईरिस सिस्टम पूर्णरूपमा लागू
-
नारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड
-
न्याय परिषद्लाई गतिशील बनाएमात्रै न्याय क्षेत्रका विकृतिहरूको अन्त्य हुन्छ : प्रधानन्यायाधीश राउत
-
न्यायाधीश नियुक्तिमा एक अर्कालाई देखाएर पन्छिँदै