बागमती प्रदेशसभा सचिवालयको टोली जनकपुरमा
शुक्रबार, १५ असोज २०७८, १२ : ३३
बागमती प्रदेशका प्रदेशसभा सचिव कृष्णहरि खड्कासहितको टोली जनकपुरधाम भ्रमणमा आएका छन् । सो टोलीले शुक्रबार बिहान प्रदेश २ का प्रदेशसभा सचिव रञ्जितकुमार यादवसँग भेट गरेको छ । दुई प्रदेशका प्रदेशसभा सचिवबीच भएको भेटवार्तामा प्रदेशसभा सञ्चालन, व्यवस्थापन र संसदीय सञ्चालन तथा प्रक्रिया सम्बन्धमा अनुभव आदानप्रदान लगायतका विषयमा छलफल भएको प्रदेश २ प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रादेशिक अन्तर भ्रमणमा एकअर्का प्रदेशका प्रदेशसभा सञ्चालन सम्बन्धी अनुभव आदान प्रदानका लागि बागमती प्रदेशसभाका सचिव खड्काको नेतृत्वमा सात सदस्यीय टोली प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय