शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भारतबाट स्थलमार्ग हुँदै कैलाली प्रवेश गर्नेका लागि तोकियो नयाँ मापदण्ड

शुक्रबार, १५ असोज २०७८, ११ : ५८
शुक्रबार, १५ असोज २०७८

दसैँ नजिकिँदै गर्दा भारतबाट नेपाल फर्कनेका लागि स्थानीय प्रशासनले नयाँ मापदण्ड तोकेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार साँझ सूचना जारी गर्र्दै सो मापदण्ड तोकेको हो ।

कोरोना रोकथाममा कुनै असर नपर्ने गरी विदेशबाट आउने नेपालीका लागी कैलालीको गौरीफन्टा नाका, टीकापुरको खक्रौला नाकालाई थप व्यवस्थित गरिने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले रातोपाटीलाई जानकारी दिए ।

नेपाल भित्रिनेहरुका लागि कोरोना परीक्षणको दायरा फराकिलो बनाउने, नाकामा चेकजाँचलाई थप कडा तुल्याउने लगायतका निर्णय स्थानीय प्रशासनले गरेको छ । स्थल मार्गबाट आउने नेपालीका लागि नाकामा हेल्थ डेस्क निर्माण गरी जाँचलाई कडा पार्ने, आवागमनलाई सहज बनाउने, भारतीय नागरिक नेपाल प्रवेश गर्नुभन्दा पहिला कोरोना परीक्षण रिपोर्ट देखाउनुपर्ने जस्ता निर्णय भएको सूचना अधिकारी जोशीले बताए ।

त्यस्तै, कुनै व्यक्तिमा शंकास्पद लक्षण छ भने उसले एन्टीजेन परीक्षण गरी नेगेटिभ रिपोर्ट आएमात्र नेपाल प्रवेश गर्न पाउने मापदण्ड तोकेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप