शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालय बैंक मर्जरको अन्तिम चरणमा, पुस मसान्तभित्र एकीकृत कारोबार गर्ने

शुक्रबार, १५ असोज २०७८, ११ : ५३
शुक्रबार, १५ असोज २०७८

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले अन्ततः मर्जरमा जाने भएका छन् । यसअघि असोज मसान्तभित्र एकीकृत कारोबार गर्ने गरि सहमति भएपनि विविध कारण मर्जर प्रक्रिया प्रभावित हुन पुगेको थियो । तर, अब भने आवश्यक सबै प्रक्रिया पुरा गरेर अन्तिम चरणमा रहेकाले आगामी पुसको अन्तिमसम्मका एकीकृत कारोबार गर्ने गरी अघि बढेको इन्भेष्टमेन्ट बैंकले जनाएको छ । 

यसअघि गत वैशाख ३० गते हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंकको नामकरण गर्नेगरी दुई बैंकको बीचमा मर्जर सहमति भएको थियो । दुईवटै बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा बुझाइसकेका छन् । नेपाल राष्ट्र बैंकले वित्तीय विवरणलाई स्वीकृति दिएपछि दुबै बैंकले गत वर्षको नाफाबाट लाभांश घोषणा गर्ने छन् । दुवै बैंकले लाभांश स्वीकृतिका लागि हुने वार्षिक साधारणसभामा नै मर्जरमा जाने प्रस्ताव पारित गर्ने तयारी गरेका छन् ।

दुई बैंक मर्ज भएपछि चुक्ता पूँजी सबैभन्दा ठूलो हुने । नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंक १ : १ अनुपातमा मर्जर हुन लागेका छन् । जसअनुसार मर्जरपछि बन्ने हिमालयन इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी करिब २७ अर्ब हुन्छ । जसमा दुई बैंकले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर दिने हुँदा एकीकृत कारोबार हुँदा चुक्ता पूँजी ३० अर्बभन्दा बढी हुन्छ  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप