उत्तर कोरियाद्वारा अर्को एउटा मिसाइल परीक्षण
उत्तर कोरियाले बिहिबार आफ्नो नयाँ एन्टी एयरक्राफ्ट मिसाइल परीक्षण गरेको बताएको छ । एक महिनाभित्र उत्तर कोरियामा हतियारको यो चौथो परीक्षण हो । केही दिन अघि उत्तर कोरियाले एउटा नयाँ हाइपरसोनिक मिसाइल लञ्च गरेको थियो । यो मिसाइलमा परमाणु क्षमता भएको मान्यता राखिन्छ ।
परीक्षणको विषयमा अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकनले भने, ‘यी परीक्षणले अस्थिरता र असुरक्षाको विषयमा थप बढी आशंका पैदा हुन्छ ।’ यस्तै उत्तर कोरियाले भने आत्मरक्षाका लागि हतियारको आवश्यकता भएको बताएको छ । यस्तै उसले अमेरिका र दक्षिण कोरियामाथि दोहोरो मापदण्ड अपनाएको पनि आरोप लगाएको छ ।
उत्तर कोरियामा भएको हालैका परीक्षणले यो देखाउँछ कि कडा प्रतिबन्धपश्चात् पनि यो देश हतियारको निर्माणमा कमी गर्नका लागि इच्छुक छैन । देशको सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार यो नयाँ एन्टी एयरक्राफ्ट मिसाइलले उत्कृष्ट युद्ध क्षमताको प्रदर्शन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय किताब खानामा शिक्षामन्त्रीको छड्के अनुगमन
-
अमेरिकाले चिनियाँ सामानमा कर वृद्धि गर्दा भारतबारे किन मौन ?
-
आजपाले चैत २४ गते काठमाडौँमा प्रदर्शन गर्ने
-
अधिराजकुमारी सोफीयाद्वारा भक्तपुर अस्पतालको प्रसूति सेवाबारे चासो
-
कसले पाउला रतन टाटाको डेढ खर्ब भारुको सम्पत्तिमा हक ?
-
राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन सिंहदरबारमा छलफल