सुत्नुअघि दूध पिउनु स्वास्थ्यका लागि रामवाण
बिहान होस् वा बेलुका जुनसुकै समयमा पनि दूध पिउन सकिन्छ । तर राति सुत्नुभन्दा अगाडि दूध पिउनु स्वास्थ्यको लागि रामवाण हो । रातिको सयममा दूध पिउँदा दूधमा पाइने सबै तत्वहरु शरीरले सजिल्यै ग्रहण गर्न सक्छ । डाक्टरहरु पनि राति दूध पिउनु उत्तम रहेको बताउँछन् ।
रातिमा दूध पिउँदा के के फाइदा छन् ?
मिठो निन्द्राको लागि
राति सुत्नुअघि दूध पिउँदा मिठो निन्द्रा आउँछ । जसलाई राति निन्द्रा नलाग्ने समस्या छ ति व्यक्तिहरुले राति सुत्नुअघि एक गिलास दूध पिउनुपर्छ । दूधले मानसिक तनाव कम गर्न मद्दत गर्छ । दूध पिउँदा दिमाग शान्त रहन्छ । दूधमा पाइने ट्रिप्टोफेन अमीनो एसिडले राम्रो निन्द्राको लागि मद्दत गर्छ । यसका साथै यसले दिमागलाई बलियो पनि बनाउँछ । मस्तिष्कलाई तेजिलो बनाउन राति सुत्नुअघि एक गिलास दूध पिउनुपर्छ ।
पाचन शक्ति बढाउँछ
दूधले शरीरमा पाचन प्रक्रियालाई बलियो बनाउँछ । राति खानामा जे खाए पनि सुत्नुअघि मनतातो दूध पिएर सुत्दा त्यसले खाना पचाउन मद्दत गर्छ । साथै, दूधले खानामा भएको मसलाको असर पनि कम गराउँछ । दूधले शरीरमा शक्ति दिन्छ भने प्रजनन् प्रक्रियालाई पनि वृद्धि गर्छ ।
गुडसँग दूध
दूधमा गुड मिसाएर दूध पिउँदा पेटका थुप्रै समस्याहरु समाधान हुन्छ । दूध र गुड सँगै सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमतामा पनि वृद्धि हुन्छ । यसले छालालाई पनि चम्किलो बनाउँछ । रातमा दूध पिउँदा रक्तचाप सन्तुलित राख्ने काम गर्छ । साथै, दूधमा पाइने सेसिन र व्हे प्रोटिनले मासंपेशी मजबुज बनाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई