बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अखिल क्रान्तिकारीको बन्दसत्र आजदेखि, को आउलान् नेतृत्वमा ?

शुक्रबार, १५ असोज २०७८, ०९ : ०३
शुक्रबार, १५ असोज २०७८

माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन अन्तर्गत शुक्रबारदेखि बन्दसत्र सुरु हुने भएको छ । अखिल क्रान्तिकारीकी उपाध्यक्ष पन्चा सिंहले दिउँसो १२ बजेदेखि कार्की पार्टी प्यालेसमा बन्दसत्र सञ्चालन हुने तय भएको जानकारी दिइन् । 

बन्दसत्रमा संगठनको कार्यनीतिदेखि लिएर विद्यार्थीका मुद्दा र एजेण्डाका विषयमा व्यापक छलफल हुनेछ । यसअघि बिहीबार प्रज्ञा भवन कमलादीमा क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाट भएको थियो । 

सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले सहमतिमै नेतृत्व चयनमा जोड दिएका थिए । नेतृत्वको चाहना नै सहमतिबाट नेतृत्व चयन गर्ने भएकाले करिब आधा दर्जन दावेदारबाट एक जना नेतृत्वमा सहमतिमा चयन गर्न प्रयास हुनेछ । 

अखिलको नेतृत्वका लागि वर्तमान उपाध्यक्ष सुरेन्द्र बस्नेत र पन्चा सिंह मुख्य दौडमा छन् । यस्तै, हालसम्म महासचिव उत्तम अधिकारीसहित तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम पनि अध्यक्षको आकांक्षी देखिएका छन् ।

 उनीहरु मध्येबाट सहमति जुटाएर एक जना नेतृत्वमा आउनेछन् । नयाँ नेतृत्व चयन गर्दै सम्मेलन शनिबार सम्पन्न गर्ने तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप