अखिल क्रान्तिकारीको बन्दसत्र आजदेखि, को आउलान् नेतृत्वमा ?
माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन अन्तर्गत शुक्रबारदेखि बन्दसत्र सुरु हुने भएको छ । अखिल क्रान्तिकारीकी उपाध्यक्ष पन्चा सिंहले दिउँसो १२ बजेदेखि कार्की पार्टी प्यालेसमा बन्दसत्र सञ्चालन हुने तय भएको जानकारी दिइन् ।
बन्दसत्रमा संगठनको कार्यनीतिदेखि लिएर विद्यार्थीका मुद्दा र एजेण्डाका विषयमा व्यापक छलफल हुनेछ । यसअघि बिहीबार प्रज्ञा भवन कमलादीमा क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाट भएको थियो ।
सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले सहमतिमै नेतृत्व चयनमा जोड दिएका थिए । नेतृत्वको चाहना नै सहमतिबाट नेतृत्व चयन गर्ने भएकाले करिब आधा दर्जन दावेदारबाट एक जना नेतृत्वमा सहमतिमा चयन गर्न प्रयास हुनेछ ।
अखिलको नेतृत्वका लागि वर्तमान उपाध्यक्ष सुरेन्द्र बस्नेत र पन्चा सिंह मुख्य दौडमा छन् । यस्तै, हालसम्म महासचिव उत्तम अधिकारीसहित तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम पनि अध्यक्षको आकांक्षी देखिएका छन् ।
उनीहरु मध्येबाट सहमति जुटाएर एक जना नेतृत्वमा आउनेछन् । नयाँ नेतृत्व चयन गर्दै सम्मेलन शनिबार सम्पन्न गर्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण