आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पेले अस्पतालबाट डिस्चार्ज

शुक्रबार, १५ असोज २०७८, ०७ : ०८
शुक्रबार, १५ असोज २०७८

कोलोन ट्यूमरको अपरेशनपछि ब्राजिलका लिजेन्ड पेले अस्पतालबाट डिस्चार्ज भएका छन् । गत ४ सेप्टेम्बरमा ८० वर्षीय पेलेको साउ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा अपरेसन गरिएको थियो । तीनपटक विश्वकप जित्ने एकलो खेलाडी रहेका पेलेलाई अपरेसन गरेको १० दिनपछि आईसीयूबाट निकालिएको थियो । तर, तत्कालै ‘सुरक्षात्मक उपाय’ भन्दै पुनः भर्ना गरिएको थियो ।

‘घर फर्किन पाउँदा म निकै खुसी छु,’ पेलेले फेसबुकमा एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘अस्पतालको बसाइ सहज बनाउने अल्बर्ट आइन्सटाइन अस्पतालका सम्पूर्ण टोलीलाई धन्यवाद दिन चाहन्छु । यति धेरै मायाका सन्देशले मेरो जीवनलाई पूर्ण बनाउने तपाईंहरू सबैलाई पनि धन्यवाद दिन चाहन्छु ।’

उनको मेडिकल टोलीले किमोथेरापी भने जारी राखिने बताएको छ । गत अगस्त ३१ मा नियमित स्वास्थ्य परीक्षणका दौरान ट्युमर देखिएपछि उनको उपचार सुरु गरिएको थियो । पछिल्ला वर्ष पेलेको स्वास्थ्य चिन्ताको विषय बन्ने गरेको छ । सन् २०१५ मा उनको प्रोस्टेटको अपरेसन गरिएको थियो भने सन् २०१९ मा पिसाबको इन्फेक्सनका पुनः अस्पताल भर्ना भएका थिए । पेले ९२ खेलमा ७७ गोल गर्दै ब्राजिलका लागि सर्वाधिक गोलकर्ता हुन् । चारवटा विश्वकपमा गोल गर्दै उनी मात्र चार खेलाडीमध्ये एक हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप