२० मिनेटमा केनको ह्याट्रिक

सब्सिटट्यूटका रूपमा मैदान प्रवेश गर्दै ह्यारी केनले २० मिनेटको अन्तरमा ह्याट्रिक गरेपछि टोटनह्याम हटस्पर्सले युरोपा कनफरेन्स लिगमा एनएस मुरामाथि ५–१ को शानदार जीत हासिल गरेको छ । समूह जीमा रहेको स्पर्सको प्रतियोगितामा पहिलो जीत हो । पहिलो खेलमा टोली रेनेसँग बराबरीमा रोकिएको थियो ।
बिहीबार राति भएको खेलमा स्पर्सले पहिलो हाफको सुरुवातमा दुई गोल गर्दै स्लोभेनियाको टोलीमाथि दबाब राखेको थियो । डेली अलीले खेलको चौथो मिनेटमा पेनाल्टीमार्फत टोलीलाई अग्रता दिलाएका थिए भने गियोभानी लो सेल्सोले ६ मिनेटपछि अग्रता दोब्बर बनाए ।
तर, दोस्रो हाफमो सुरुवातमा नै जिगा कुओसको गोलमार्फत एनएस मुरा खेलमा फर्कन प्रयास गर्यो । त्यसपछि ६० औँ मिनेटमा म्यानेजर नुनो एस्पीरितो सान्तोले मैदानमा केन, सन ह्युङ मिन र लुकास मोउरालाई मैदानमा पठाएका थिए ।
सब्सिटिट्यूटहरुले खेलमा प्रभाव पार्न लामो समय नै लागेन । ६८ औँ मिनेटमा मोउराको पसमा केनले खेलको पहिलो गोल गरे भने सनले केनका लागि दोस्रो गोलको अवसर सिर्जना गरे । ८८ औँ मिनेटमा अर्को गोल थप्दै केनले करियरको १६ औँ ह्याट्रिक पुरा गरे ।
उता, अर्को प्रिमियर लिग टोली लेस्टर सिटी भने लेगिया वारससँग पराजित हुँदै प्रतियोगितामा जीतविहीन रहेको छ । समूह सीमा रहेको ब्रेन्डन रोजर्सको टोली १–० ले पराजित भएको हो । पहिलो खेलमा टोली नापोलीसँग २–२ को बराबरीमा रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘मायावी’को नयाँ गीत सार्वजनिक
-
पाथीभरा केबलकार निर्माणविरुद्ध भइरहेको आन्दोलन वार्ताबाटै समाधान गर्नुपर्छ : सांसद खतिवडा
-
विजय लघुवित्तको सहयोगमा ३ दिने स्वास्थ्य शिविर
-
एमाले मोरङको अधिवेशन उद्घाटनमा प्रधानमन्त्री ओली आउने
-
राप्रपाको प्रदेशस्तरीय आमसभाको तयारी पूरा
-
ढुङ्गेलको नेतृत्वमा एएनओ अस्ट्रेलिया गठन