प्रदेश २ मा एमाले संसदीय दलको नेता चयन
बिहीबार, १४ असोज २०७८, २२ : ११

नेकपा एमालेले प्रदेश २ मा लामो समयपछि संसदीय दलको नेता चयन गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले सर्वसम्मत रुपमा सत्यनारायण मण्डललाई दलको नेतामा चयन गरेको हो । त्यस्तै प्रमुख सचेतकमा किशोरी साह कमललाई चयन गरिएको छ । प्रमुख सचेतकमा चयन भएका साहले बैठकले संसदीय दलको नेता र प्रमुख सचेतक चयन गरिएको जानकारी दिए ।
यसबारे प्रदेशसभा सचिवालयलाई जानकारी समेत गराइसकिएको बताउँदै उनले भने– ‘अब बस्ने संसदीय दलको बैठकबाट उपनेता र सचेतक चयन गरिनेछ ।’ सर्वोच्च अदालतको अध्यादेशपछि ब्यूँतिएको नेकपा एमालेमा विभाजनलगत्तै लामो समयदेखि संसदीय दलका नेता लगायतका पद रिक्त थियो ।
एमालेबाट माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएपछि अहिले प्रदेशसभामा एमालेका ८ जना र एकीकृत समाजवादीका १३ जना प्रदेशसभा सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
-
कैलालीबाट एक किशोरीसहित ४ जना पक्राउ, खैरो हेरोइन बरामद
-
ओली कुटनीति : सन्तुलन कि अलमल ?
-
चीनमाथि अरू ट्यारिफ लगाउने ट्रम्पको चेतावनी बेअसर, एसियाली सेयर बजार हरियो
-
जनमोर्चाले छोट्यायो आन्दोलनको कार्यक्रम
-
मुम्बई हमलाका आरोपी रानालाई भारत नपठाउने अपिल अमेरिकी अदालतबाट खारेज