बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पतिको मृत्युपछि पत्नीविरुद्ध हत्या सम्बन्धी मुद्दा दर्ता

बिहीबार, १४ असोज २०७८, २१ : ०२
बिहीबार, १४ असोज २०७८

अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गुल्मीका एक पुरुषको पत्नीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । पत्नीकै कुटपिटबाट गम्भीर चोट लागेपछि उपचारका लागि अस्पताल लगिएका उनको उपचारका क्रममा निधन भएपछि परिवारले दिएको किटानी जाहेरीका आधारमा मुद्दा दर्ता गरिएको हो ।

रुरुक्षेत्र गाउँपालिका–१ भड्कुवा गाउँका ४८ वर्षीय रमेश ज्ञवालीको पाल्पा मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उनलाई ४० वर्षीय श्रीमती पुष्पा ज्ञवालीले कुटपिट गरेको परिवारजनको आरोप छ ।

मृतकका दाजु पदम पाण्डेले रमेशको मृत्यु उनकै श्रीमतीको कुटपिटका कारण भएको भन्दै कर्तब्य ज्यान सम्बन्धी मुद्दामा जाहेरी दिएपछि आरोपित पुष्पालाई पक्राउ गरी अदालतबाटै म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी पुर्षोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

पुष्पाले श्रीमानसँग राति झगडा भएको र त्यस क्रममा लछारपछार भएको तर कहाँ चोटपटक लाग्यो भन्ने आफूलाई थाहा नभएको बयान दिएकी छन् । मृतकका दाजु पदमका अनुसार त्यस रात पौने १ बजे रमेशले गुहार मागेका थिए । लगत्तै आफूहरु भाइको घरमा पुगेर उसको उद्धार गरी आफ्नो घरमै ल्याएर राखेको पदमको भनाइ छ ।

बिहान रमेशले आफूलाई चोट लागेको ठाउँमा निकै दुखेको बताएपछि रिडीको स्वास्थ्य चौकीमा पठाइएको तर त्यहाँबाट पाल्पा मिसन अस्पतालमा रिफर गरिएको उनको भनाइ छ । लुम्बिनी प्रादेशिक अस्पतालमा मृतकको शव पोस्टमार्टमपछि आफन्तले रिडीमा ल्याएर दाहसंस्कार गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप