बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

राजर्षि जनक विश्वविद्यालयमा आइतबारदेखि कक्षा सञ्चालन हुने

बिहीबार, १४ असोज २०७८, १९ : ३८
बिहीबार, १४ असोज २०७८

कक्षा सञ्चालनका माग गर्दै विद्यार्थीहरु आन्दोलनमा उत्रेपछि अन्ततः राजर्षि जनक विश्वविद्यालयले आइतबारदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयले बिहीबार एक सूचना प्रकाशित गर्दै आइतबारदेखि कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणको मापदण्ड अपनाउँदै भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुने  जनाएको छ ।

विश्वविद्यालयमा सञ्चालित शैक्षिक कार्यक्रमहरू बिपिएच दोस्रो सेमेस्टर/बीएससी सीएसआईटी दोस्रो र चौथो सेमेस्टरको प्रयोगात्मक परीक्षा सञ्चालनमा रहेको हुँदा सो बाहेक सम्पूर्ण शैक्षिक कार्यक्रमहरूको भौतिक कक्षा सञ्चालन हुने विश्वविद्यालयका प्रमुख विनोद कुमार कर्णले जानकारी दिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै कक्षा सञ्चालन गरिने कार्यवाहक प्रमुख कर्णले बताए ।

आन्दोलनरत विद्यार्थीहरूले देशभरका शैक्षिक संस्थामा भौतिक उपस्थितिमै कक्षा सञ्चालन सुरु भइसके पनि यहाँका उपकुलपति प्राध्यापक भरत झा, कार्यवाहक क्याम्पस प्रमुख विनोद कुमार कर्ण र रजिस्ट्रार महेन्द्रप्रसाद यादवले अनलाइन कक्षा सञ्चालनको नाममा विद्यार्थीलाई कोर्सको तयारी नै नगराई बाहिरका शिक्षकसँग कक्षा सञ्चालन गराइरहेको आरोप लगाइरहेका थिए । 

पूर्वाञ्चल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक क्याम्पसलगायतका शैक्षिक संस्थाहरूमा भौतिक उपस्थितिमै कक्षा सञ्चालन भइरहेपनि राजर्षि जनक विश्वविद्यालयले लहान, धरान, काठमाडौँका शिक्षकहरूसँग कोर्स बाहिर गएर अनलाइन कक्षा सञ्चालन गराउँदै आइरहेको भन्दै आन्दोलनरत विद्यार्थी श्रीराम साहले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप