मुख्यमन्त्री राउतको राजीनामा माग्दै विद्यार्थीद्वारा प्रदर्शन

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ को बदनाम गरेको भन्दै उनको राजीनामा माग गरिएको छ । मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मारेकाले मुख्यमन्त्री राउतले नैतिकताको आधारमा राजीनामा माग दिनका लागि दबाबस्वरुप विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।
बिहीबार कलैयामा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालका भ्रातृ संगठन लोकतान्त्रिक समाजवादी विद्यार्थी सङ्घ बाराले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्दै प्रदर्शन गरे । विद्यार्थी सङ्घ बाराका अध्यक्ष सन्तोष यादवको अगुवाइमा भएको कलैया नगर प्रदर्शनको क्रममा विद्यार्थीहरूले मुख्यमन्त्रीले राजीनामा दिई अनुसन्धानमा सहयोग पुर्याउन आग्रह गरेका थिए ।
अध्यक्ष सन्तोष यादवले छात्रालाई वितरण गर्न खरिद गरिएको साइकलमा कमिसन, बेटी बचाउ बेटी पढाऊ अभियानमा कमिसन र प्रदेश सरकारले विकास निर्माणको नाममा समेत कमिसन लिने गरेको आरोप लागि रहँदा तत्काल मुख्यमन्त्रीले नैतिकताको आधारमा प्रदेश २ को नाम र नाक जोगाउनका समेत राजीनामा दिई सहयोग गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत
-
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको उर्दी