आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सनराइज बैंकले ल्यायो ‘पेरोल लोन’, बिना धितो १५ लाखसम्म लोन पाइने

बिहीबार, १४ असोज २०७८, १९ : ००
बिहीबार, १४ असोज २०७८

काठमाडौं । सनराइज बैंकले विभिन्न संघ संस्था तथा कार्यालयमा कार्यरत कर्मचारीलाई लक्षित गरी ‘सनराइज पेरोल लोन’ योजना ल्याएको छ । यस योजना अन्र्तगत सनराइज बैंकमा पेरोल सेभिङ एकाउन्ट भएका कुनै पनि ग्राहकहरुले बिना धितो १५ लाखसम्मको लोन (कर्जा) लिन सक्नेछन् । 

योजना अनुसार ग्राहकहरुले अधिकतम २४ महिनाको तलब अथवा ५ लाख सम्मको ओभर ड्राफ्ट र १० लाखसम्मको टर्म लोन गरी अधिकतम १५ लाखसम्मको लोन लिन सक्नेछन् ।

कर्जा लिन ग्राहक कुनै पनि संस्थाको कर्मचारी हुनुपर्ने छ । उक्त कर्जा ५ वर्षसम्मको लागि प्रदान गरिने बैंकले जनाएको छ । साथै सनराइज बैंकले आफ्नो १४ औं वार्षिक उत्सव र दशैंको अवसर पारेर मुद्दती खातामा सर्वाधिक १०.०७ प्रतिशत सम्मको ब्याज दिने समेत व्यवस्था गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप