सुदूरपश्चिममा कोरोना सङ्क्रमण हुने भन्दा निको हुने धेरै
बिहीबार, १४ असोज २०७८, १८ : ४०
![सुदूरपश्चिममा कोरोना सङ्क्रमण हुने भन्दा निको हुने धेरै](https://rpcdn.ratopati.com/media/albums/corona_test_pcr_swab_cartoon_7e2ssi6h5z.jpg)
सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । प्रदेशमा पीसीआर र एन्टिजेन विधिबाट एक हजार १४ जनाको कोरोना परीक्षण गरिएको थियो ।
सेती प्रादेशिक अस्पतालमा पीसीआर परीक्षणका क्रममा २२ तथा एन्टिजेन विधिमार्फत परीक्षण गर्दा कञ्चनपुरमा ११ र दार्चुलामा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । सो अवधिमा प्रदेशभर ३९ जना कोरोनाबाट मुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का ८४ वर्षीय पुरुष छन् । बुधबार भने सुदूरपश्चिममा ३३ सङ्क्रमित थपिएका थिए भने १७ जना निको भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती